Powered by Blogger.
गुप्तचरको डिआजी भन्दै ठगी गर्ने पक्राउ


काठमाडौँ, ९ माघ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निरीक्षक र सहायक निरीक्षकमा जागिर लगाई दिने भनी बिज्ञापन समेत गरेको देखाई संगठित रुपमा सर्वसाधरणलाई लाखौ ठगी गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने कालिकोट पुर्कोट–५ घर भएका ३४ बर्षीय सतल महतरा, काठमाडौँ महानगरपालिका–५ नयाँबसपार्क बस्ने गोरखा गुम्दा–५ घर भएका ४० बर्षीय विकाश गुरुङ्ग र काठमाडौँ धापासी बस्ने कालिकोट सिवखाना–२ घर भएका २६ बर्षीय नेत्र बहादुर शाही रहेका छन् । 

 नेपाल सरकार गृह मन्त्रालय प्रहरी हेडक्वाटर नक्शालको च.नं.२०८ पत्र सख्या १५३ बाट अनुसन्धान उपरीक्षक तथा सहायक निरीक्षक गरी ४० जनाको आवश्यक परेको सुचना देखाई महतराले गोरखा घर हुने वीरबहादुर गुरुङ्ग समेत ११ जनालाई सम्पर्कमा ल्याई सिंहदरवार स्थित राष्ट्रिय अनुसन्धानको अफिसको बाहिर गेटमा बसी सम्पुर्ण डकुमेन्ट बुझाउन लगाई अनुसन्धान निरीक्षकको लागि ७ लाख र सहायक निरीक्षकको लागि ५ लाख लाग्ने र २० प्रतिशतमा प्रतिस्पर्धा गर्नु नपर्ने सिधै नियुक्ती हुने भनि ११ जनाबाट ३४ लाख ४० हजार लिएको थिए ।

उक्त छनौट प्रकृयामा नेत्रबहादुर शाहीले आफुलाइ डिआईजी बताएको र विकाश गुरुङ्गले वेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने र सम्पुर्ण व्यवस्थापन छनौट प्रकृया डकुमेन्ट संकलन महतराले गर्ने र रकम गंगा प्रसाद न्यौपानेको ग्लोवल आई एमई बैंकको खाता नं.०८०७०१०००८९३८ मा जम्मा गर्न लगाएको खुल्न आएको छ । 

गैरकानूनी तवरले संगठितरुपले ठगी गर्दै गरेको सुचना महाशाखामा प्राप्त हुन आएपछि खटिएको विषेश प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न व्यक्तिहरु  महतरा, गुरुङ्ग र शाहीलाई पक्राउ गरीएकोमा महतराको कोठाबाट हेडक्वाटरबाट प्रकाशित भएको सुचना, छनौट भएका देश भक्त जवानहरु ४६ जनाको नामवली रहेको कागजात समेत फेला परेको थियो ।

 पक्राउ परेका ३ जनालाई  ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाउनुका साथै उक्त घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने दखिएकोले सो विषयमा समेत अनुसन्धान भईरहेको छ ।

0 comments

Write Down Your Responses