Powered by Blogger.
हेटौंडामा मुक्ति समाजको प्रशिक्षण


हेटौंडा, ९ माघ । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको आयोजनामा जिल्ला कमिटी सदस्यहरुका लागि नेतृत्व एवम् क्षमता विकास सम्बन्धि एक दिवसीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् स्कुल विभागका पुर्वसचिब इश्वरी रिजालको प्रमुख आतिथ्यमा  शनिबार प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा परिवर्तित समयमा संगठन निर्माण सञ्चालन सम्बन्धमा प्रमुख अतिथि रिजालले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले राजनीति शासन गर्ने माध्यम हो भन्दै दलित समुदायहरु शासन गर्ने ठाउँमा पुगे मात्र दलित समुदायको आर्थिक सामाजिक राजनीतिक समस्याको हल गर्न सकिन्छ प्रष्ट पार्नुभयो । उहाँले जातीय छुवाछुतको समूल अन्त्य गर्न सकिने तर यसका लागी मुक्ति समाजको संगठन निर्माण र परिचालनलाई योजनाबद्ध ढंगबाट अगाडी बढाउन आफुलाई योग्य र क्षमतावान बनाउनु धारणा राख्नुभयो । 

कार्यक्रममा लोकतान्त्रिक संविधानले प्रत्याभूत गरेका दलित अधिकारका सम्बन्धमा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष सुन्दर बिश्वकर्मार वर्तमान अबस्थामा पार्टीको भूमिकाको सम्बन्धमा एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले बिषयबस्तुमा सरल र आकर्षक ढंगले प्रष्ट पार्नु भएको थियो  ।

कार्यक्रममा मुक्ति समाजका  केन्द्रीय सदस्य तथा नारायणी इन्चार्ज गणेश रसाइली, केन्द्रीय सदस्य  तथा मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा, जिल्ला उपाध्यक्ष बिष्णु परियार लगायतले मन्तव्य राख्नु भएको थियो । 

मुक्ति समाज मकवानपुरका अध्यक्ष रत्नलाल बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो  । कार्यक्रममा ३५ जना जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो  ।



0 comments

Write Down Your Responses