Powered by Blogger.
आग्रा,गोगने र डाँडाखर्कमा नयाँ संविधानबारे छलफल


मकवानपुर, १७ पुस । ‘जनताको संविधान जनताकै माझमा’ प्रचार प्रसार अभियान अन्तरगत मकवानपुरको डाँडावासमा एक कार्यक्रम सम्पन्न भएको छ । 

निर्वा्िचत सभासद, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा मकवानपुरको आग्रा, गोगने र डाँडाखर्क  गाविसलाई समेटि आयोजित कार्यक्रममा संविधान सभाले जारी गरेको वर्तमान संविधानले समेटिएका विषय माथि छलफल गरिएको थियो । 

संविधानमा व्यवस्था भएका कुराहरु जनता माझ पु¥याउने उद्देश्यका साथ गरिएको सो कार्यक्रममा क्षेत्र नम्मर ४ का सभासद राजराम स्याङतानले संविधानमा भएको व्यवस्था बारे प्रष्ट पार्नु भएको थियो । 

कार्यक्रममा बोल्ने बक्ताहरुमा नेपाली काँग्रेसका जिल्ला सभापति रघुरमण न्यौपाने, एमालेका जिल्ला सदस्य कल्याणविक्रम घलान, एमाओवादीका जिल्ला सह सचिव प्रकाशमान पाण्डेले संविधानको बारेमा प्रष्ट पार्नुका साथै राजनैतिक दलले संविधानका कुरा घरदैलोमै पु¥याउन आवश्यक रहेको बताएका थिए । 

यो संविधान विश्वको नमुना संविधान भएको उनीहरुले बताएका थिए। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले संघीयता खारेज गर्नु गर्नु पर्नेमा जोड दिनु साथै आन्दोलन मार्फत खारेज गर्नु पर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses