Powered by Blogger.
थाहाको बाल सञ्जालमा सुबेदी


मकवानपुर, २१ पुस । थाहा नगरपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा विकास सुवेदी सर्वसमतले चयन भएका छन । 

मकवानपुरको थाहा नगरपालिका वडा नम्मर १ देखि १५ सम्मका विभिन्न बाल क्लवमा आवद्ध बाल वालिकाहरुको भेलाले सञ्जाल गठन गरिएको हो । 

सञ्जालको उपाध्यक्षमा सनोप श्रेष्ठ , कोषाध्यक्षमा सोनिया स्याङ्तान, सचिवमा रोजिना कार्की, सह सचिवमा सुमित्रा थिङ तथा सदस्यहरुमा मनोज तितुङ, कृति स्याङ्तान, संगिता महर्जन, प्रमोद बलामी, रोहित गोपाली, मनिस कार्की, रोजन केसी, सस्मिता गोले, समिता बलामी र सुस्मा लामा चयन भएका छन् । 

अध्यक्ष सुवेदीले थाहा नगरपालिकामा विगतदेखि नै बालबालिकाको क्षेत्रमा छुट्याइरहेको रकम हाल सम्म सहि ढंगले सदुपयोग गर्न नसकिरहेकोले यस तर्फ सचेत हुनुपर्ने बताए । उनले  आफूसञ्जाल अध्यक्षका हैसियतले सो रकम बालवालिकाको क्षेत्रमा प्रयोग गर्नको लागि पहल गर्ने प्रतिवद्धता जनाए । 

सुबेदीले अबका दिनमा थाहा नगरपालिकाका सम्पूर्ण विद्यार्थीहरुलाई उत्साह तथा बालबालिकाहरुलाई टेवा पुग्ने खालको कार्यक्रम ल्याउने समेत बताए । थाहा नगरपालिकाको संयुक्त वडा सेवा केन्द्र बज्रवाराहीका सामाजिक परिचालक लिलावती बस्नेतले निवार्चित भएका सम्पुर्णलाई राम्रो काम गर्दै समाजलाई अग्रपंक्तिमा ल्याउनको लागि वालवालिको भुमिका हुने भएको सबैलाई शुभकाममना दिइन् । 



0 comments

Write Down Your Responses