Powered by Blogger.
कागज तथा प्यास्टिकको सदुपयोग गर्ने तरिकाबारे छलफल


पालुङ, २२ पुस । थाहा नगरपालिकामा दुई दिने फोहोर मैला व्यबस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल एक्सन नेपालको सहयोग तथा पिस नेपाल मकवानपुरको आयोजनामा विपत्तिमा युवा स्वमसेवक परियोजना अन्र्तगत सो कार्यक्रम भएको हो । 

कार्यक्रममा उत्तरी भेगका दामन, पालुङ र टिष्टुङ गाबिसमा रहेका उच्च माबि, माबि र निमाबिका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा विभिन्न खेर गएको कागज तथा प्यास्टिकको पुनः प्रयोग गर्ने तरिका र त्यसबाट  कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा सिकाइएको थियो । सहभागिहरुले कागजको विभिन्न प्रकारको फूल, गिफ्टको सामान र झोला लगायतको सामाग्री बनाएका थिए । 

सहभागिहरुले आगामी दिनमा कागज तथा प्यास्टिकको सदुपायोग गर्ने र सो कागजबाट विभिन्न प्रकारको सामाग्री बनाई बिक्री गर्दा शैक्षिक सामाग्री किन्नको लागि टेवा पुग्ने भएकोले यस तर्फ ध्यान दिने प्रतिवद्धता जनाएका थिए ।
  
कार्यक्रमका सहभागिहरुले आफनो घर देखि विद्यालय सम्मका कागज तथा प्यास्टिकको सदुपयोग गर्ने प्रतिवद्धता जनाएको पिस नेपालको कोषध्यक्ष राजेन्द्र बलले बताउनु भयो । २४ जनाको सहभागिता रहेको कार्यक्रममा ग्लोबल एक्सन नेपालका ६ जना नेस्नल यूथ भोलेन्टियरले सहजीकरण गर्नु भएको थियो ।



0 comments

Write Down Your Responses