Powered by Blogger.
पालुङका भूकम्पपिडितलाई कम्बल वितरण


पालुङ, २२ पुस । भूकम्पपीडितलाई जाडोमा केही मात्रामा भए पनि न्यानो बनाउने अभिप्रायले इन्लाइट नेपालले ‘न्यानो अभियान’ सुरु गरेको छ । 

अभियान अन्तर्गत पहिलो चरणमा उत्तरी मकवानपुरको थाहा नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि ५ वडाका भूकम्पपीडित अति प्रभावित स्थानीयलाई कम्बल वितरण गरिएको छ ।

कम्बल हस्तान्तरण गर्दै सस्थाका अध्यक्ष रेनुका श्रेष्ठले जाडोमा थोरै भए पनि न्यानो होस् भनेर अभियान थालेको बताईन । ‘हामीले भूकम्पपीडित बिभिन्न ठाउमा न्यानो राहत वितरण गर्ने अभियान अन्तर्गत सुरुमा पालुङ्मा कम्बल वितरण गएका हौ ।’ श्रेष्ठले भनिन् । सस्थाका संरक्षक विनोद तुलाधर, अध्यक्ष रेनुका श्रेष्ठ, सबिना तुलाधर लगायतले कम्बल हस्तान्तरण गरेका हुन् ।

विराटनगरका विनय गिरी, डा। संजय गिरी, जि।एम तथा अनिस गिरीले कम्बल सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिईन । कम्बल हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका वडा नम्बर ३ का संयोजक निरञ्जन श्रेष्ठले पानी समेत जम्ने ठाउँ भएकाले स्थानीयलाई सार्है गार्हो भैरहेको र कम्बल वितरणले राहत मिलेको बताए ।

भूकम्पपीडितलाई जो जसले जे सकिन्छ सहयोग गर्न पनि सस्थाले अनुरोध गरेको छ । हिमालयन बैंकमा रहेको खाता नम्बर ००३०५३७३६५००१९ मार्फत सहयोग गर्नु हुन् पनि अध्यक्ष श्रेष्ठले अनुरोध गरेकी छन् । कार्यक्रममा दामन पोष्ट राष्ट्रिय साप्ताहिकका सह सम्पादक रामजी बलामी पनि सहभागी थिए । 



0 comments

Write Down Your Responses