Powered by Blogger.
मण्डलीका जवानहरुको वक्तृत्वकला प्रतियोगिता सम्पन


काठमाडौँ, २७ पुस । मकवानपुरको उत्तरी भेगीय इलाका कमिटिको आयोजनामा प्रथम चर्च अफ गड स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

मकवानपुरको गोगने गाविस वडा नम्मर ६ चर्च अफ गड कालिखोलाको भवनमा भएको प्रतियोगितामा उत्तरी भेगका ५ वटा मण्डलीका जवानहरुको सहभागिता रहेको थियो  । ‘समाज परिवर्तन गर्नको लागि ईसाइ युवाको भुमिका’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा ७ जनाले भाग लिएका थिए ।

सो प्रतियोगितामा चर्च अफ गड मजुवाका सानुकान्छा थापा प्रथम भएका छन् भने चर्च अफ गड कालिखोलाका सुजन पाख्रिन द्धितिय, चर्च अफ गड गोगनेका कल्पना कालिराज तृतिय र चर्च अफ गड वसन्तका रोमिला थिङ सान्त्वना भएका छन् ।

चर्च अफ गड कालिखोलाका एल्डर बुद्धिमान गोलेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा मकवानपुर उत्तरी भेग इलाका कमिटिको अध्यक्ष रुपक कालिराज, सुमन पाख्रिन, लक्ष्मी पाख्रिनले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रममा विभिन्न मण्डलीका अगुवा, विश्वासीजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धिमान गोलेले यस कमिटिले धरै नै राम्रो काम गर्र्र्दै आइरहेकोले भोलिका दिनमा युवाहरुलाई सक्रीय पार्नको लागि राम्रो काम गर्र्दै अगाडि बढ्नको लागि शुभकामना दिनु भएको थियो ।उहाँले यस्ता कार्यक्रमले अगाडि गएर बोल्ने कलाको विकास भएको बताउदै यस कमिटिले गर्ने जुन सुकै कार्यक्रममा साथ र सहयोग गर्नको लागि आफु तयार रहेको बताउनु भयो ।

मकवानपुर उत्तरी भेग इलाका कमिटिका सचिव सविना तामाङले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा मकवानपुर उत्तरी भेग इलाका कमिटि पूर्व अध्यक्ष राजु पाख्रिनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


0 comments

Write Down Your Responses