Powered by Blogger.
बज्रवाराहीमा चरम मनोमानीको थप खुलासा: हुँदै नभएका २३३ घर सूचिमा, एउटै घरबाट ३ जनाले लिए राहत

बज्रबाराही २८ पुस । उत्तरी मकवानपुरको थाहानगरपालिकाअन्तर्गत् बज्रबाराहीमा हुँदै नभएका दुईसय ३३ वटा घर भूकम्पपीडितको तथ्याङ्कमा देखिएका छन् । थाहा नगरपालिकाको तथ्याड्ढअनुसार यस क्षेत्रमा जम्मा १६ सय घरधुरी रहेकोमा भूकम्पपीडितको तथ्याड्ढमा एकहजार आठसय ३३ घरधुरी देखिएका हुन् ।


नगरपालिकाको बज्रबाराहीअन्तर्गत् पर्ने ११ देखि १५ सम्मका पाँच वटा वडामा गरी दुईसय ३३ जना नक्कली घरधनीले राहत लिइरहेको भेटिएको हो ।

बज्रबाराहीअन्तर्गत् वडा नं. ११ मा तीनसय ३६ घरधुरी रहेकोमा ५० घर बढी अर्थात् तीनसय ८६ घर देखिएको छ । त्यस्तै वडा नं. १२ मा जम्मा तीनसय ६० घरधुरी रहेकोमा तथ्याड्ढमा ५२ घर बढी अर्थात् चारसय १२ घरधुरी देखिएको छ । त्यसैगरी वडा नं. १३ मा तीनसय १९ घरधुरी रहेकोमा तथ्याड्ढमा ३९ बढी देखिएको छ । वडा नं. १४ मा दुई ७८ घरधुरी रहेकोमा तथ्याड्ढमा ५० जना बढी अर्थात् तीनसय २८ घरधुरी देखाइएको छ । वडा नं. १५ मा तीनसय सात घरधुरी रहेकोमा ४२ घरधुरी बढी अर्थात् तीनसय ४९ घरधुरी देखिएका छन् ।

भत्किएका घर आंशिकमा, सद्देघर पूर्ण क्षतिमा

तथ्याड्ढ संकलनका क्रममा कतिपय भत्किएका घरहरुलाई आंशिकमा सूचीकृत गरिएको पाइएको छ भने कतिपयका सद्दे घरहरु पनि पूर्ण क्षतिमा सूचीकृत गरिएको खुलासा भएको छ । वडा नं. १४ मा भत्किएका पदमबहादुर बलामीको घर तथ्याड्ढमै छैन भने सोही वडाका गोमाया बलामीको भत्किएको घर आंशिकको सूचीमा राखिएको छ । त्यस वडाका संयोजक कल्पना बलामीले पनि नयाँ टोली आएर तथ्याड्ढ नसच्याएसम्म बास्तविक पीडितले न्याय नपाउने बताइन् ।

अगुवाहरुलाई मस्ती

वडा नं. १२, १३, १४ र १५ मा पनि यस्तो थुप्रै मनोमानी भएको स्थानीयको गुनासो छ । तथ्याड्ढ संकलनमा आउने कर्मचारीहरुको मनोमानीका कारण कतिपयको नाम र थर गलत लेखिएका छन । जसले गर्दा उनीहरुले सरकारी राहत पाउनबाट बञ्चित भएका छन् ।

भूकम्पपीडितको तथ्याड्ढमा वास्तविक पीडितभन्दा गैरपीडितहरुको संख्या हावी देखिएका छन् । सरकारी नियमअनुसार एउटा घरलाई एक पीडित मानेर राहत दिइने भएता पनि यहाँ एउटै घरलाई तीन जनाको नाममा कार्ड बनाएर राहत लिएकोसमेत भेटिएको छ ।

यसरी दुरुपयोग गर्नेमा साविक बज्रवाराही गाविसका पूर्वसचिवदेखि एमाओवादी, एमाले र काँग्रेस निकट अगुवाहरु रहेका छन् । त्यसो त प्रशासनले अनुगमन गरेको खण्डमा आफूहरु फस्ने भन्दै वास्तविक पीडितको पक्षमा बोल्न डराएको स्थानीय बताउँछन् । कतिपयले आप्mनो सद्दे घरलाई समेत पूर्णक्षतिको सूचीमा पारेर राहत रकम लिएका छन् ।

प्रशासनको पर्खाईमा स्थानीय 

एकातिर पहुँचवालाहरु नक्कली भूकम्पपीडित बनेर धमाधम राहत लिइरहेका छन् भने अर्काेतिर वास्तविक पीडित चरम मारमा परिरहेका छन् । प्रारम्भिक तथ्याड्ढ संकलनमा गल्ती लेखिएका स्थानीयले तथ्याड्ढ सच्याउन माग गर्दै निवेदन दिएको ६ महिना बित्न लाग्दासमेत प्रशासनको ध्यान जान सकेको छैन ।

बज्रबाराही वडा कार्यालयमा तीनसय जनाभन्दा बढीले पुनःतथ्याड्ढ संकलनको माग गर्दै निवेदन दिएका थिए । थाहानगरपालिका कार्यालयले भने भूकम्पपीडितको काम कारबाही जिल्ला दैवी प्रकोपसमितीले हेर्ने भन्दै चासो दिएको छैन । पाँचवटा वडाको संयुक्त वडा कार्यालय बज्रबाराहीका सचिव गौतम सिंह वस्तीले भने आफू नयाँ नियुक्ति भएर आएकाले वास्तविकता बुभ्mने क्रममा रहेको बताए । ‘धेरैको छुटेको, गल्ती भएको भन्ने सुनेको छु । तथ्याड्ढ सच्याउन तीनसय जना जतिको निवेदन पनि परेको थियो, म अर्काे टोली ल्याउन पहल गर्छु’ वस्तीले भने ।

यसअघि कार्यभार सम्हालेका सुकदेव बिडारी नगरपालिकामा सरुवा भएर जानु तथा स्थानीय नेताहरुको दबाब बढेपछि राहत वितरण प्रक्रियामा समेत अलमल देखिएका छन्् । बिडारीकै पालामा करिब ६ महिनाअघि वडा कार्यालयले स्थानीयस्तरबाट उठाइएको करिब दुईलाख रुपियाँ अझै वितरण गरिएको छैन ।

यो पनि पढ्नुहोस 

नक्कली तथ्याङका आधारमा राहत लिनेलाई ठगी मुद्दामा कारवाही गरिने 

प्रशासनको बेवास्ताले बज्रबाराहीमा सरकारी राहतको चरम दुरुपयोग 

0 comments

Write Down Your Responses