Powered by Blogger.
इन्फोटेक थोरै बिजनेश धेरै इन्फरमेशन हो– बिश्वराम बलामी (महासचिव, क्यान महासंघ)

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव बिश्वराम बलामी लामो समयदेखि प्रविधि क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । टेलिकम्युनिकेशनसँग आबद्ध उहाँ नेपालमा प्रविधि क्षेत्रको भविष्य उज्जल रहेको वताउनु हुन्छ । क्यान महासंघले माघ १५ गतेदेखि २० गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेकको २२ औं संस्करण आयोजना गर्दैछ । यसै सन्दर्भमा उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

क्यान इन्फोटेकको तयारी के कस्तो भैरहेको छ ?
इन्फोटेकमा स्टल बुकिङ, स्टल निर्माण, प्रचारप्रसार लगायत सम्पूर्ण तयारी करिब पूरा भैसकेको छ । ईन्फोटेकलाई सभ्य, भब्य र स्मार्ट टेक्नोलोजीमय बनाउदै छौं ।

इन्फोटेकको उद्देश्य के हो ?
इन्फोटेक थोरै बिजनेश धेरै इन्फरमेशन हो । नेपालमा प्रविधीको विकास र विस्तार तथा सर्वसाधारणमा प्रविधीकौ चेतनास्तर उकास्नका लागि पनि इन्फोटेक आयोजना गर्दै आएका हौ । इन्फोटेकको अवलोकन गरेका व्यक्तिले आप्mनो दैनिकी जिवनयापनलाई नै प्रविधीमैत्री बनाएर सरल र सहज बनाउन सक्छन । प्रदर्शनमा आएर किनमेल गर्नैपर्छ भन्ने होईन, बजारमा भित्रिएका नयाँ प्रविधिका वारेमा ज्ञान हासिल गर्न पनि इन्फोटेकको अवलोकन गर्न जरुरी छ । 

विगतमा भन्दा केही फरक पाइएला कि ?
हामीले हरेक वर्ष इन्फोटेकलाई थप प्रविधीमैत्री बनाउदै आएका छौं । प्रविधिका नयाँ उत्पादन र नयाँ अपडेट भर्सनहरु प्रयोग गरेर इन्फोटेकलाई स्मार्ट बनाउदै छौ । इन्फोटेकमा सहभागि हुने कम्पनीहरुले पनि विभिन्न आकर्षक स्किमसहित आप्mना नयाँ उत्पादनहरु सार्वजनिक गर्दै छन् । केही कम्पनीहरुले नयाँ प्रविधीहरु समेत भित्र्याउदै छन् । हाइस्पिड इन्टरनेट, ब्रोडब्यान्ड पोलिसी, डिजिटलाइजेशन लगायतका कुराहरुलाई मध्यनजर गरेर अघि बढेका छौं ।

क्यान महासंघले इन्फोटेक मात्रै गर्छ कि अरु पनि ?
यो एउटा कुम्भमेला भएकाले धेरै प्रचार भएका कारण यस्तो लागेको हुनुपर्छ  । यसका अलावा हामीले वर्षभरी नै विभिन्न गतिविधीहरु संचालन गरिरहेका हुन्छौ । प्रविधिको चेतना विस्तारका कार्यक्रमहरु, सप्mटवेयर समिट, सप्mटटेक, विभिन्न आइसिटी सर्भेहरु लगायतका कामहरु गरेका छौ ।

अचेल चोरी डकैटीले धेरैलाई पिरोलिरहेको छ, यसको समाधानका लागि के कस्तो प्रविधि प्रयोग गर्न सकिएला ?
ब्यस्त जिवनशैलीका कारण स परिवार घर वाहिर हुँदा घरमा चोरी हुने समस्या बिग्रेल्ती देखिन थालेका छन । स्मार्ट टेक्नोलोजी जडित सिसिटिभी क्यामेराहरु प्रयाृग गर्न सक्छौ । यसको माध्यमबाट तपाई अफिसमा बसेर घरको गतिविधी थाहा पाउन सक्नु हुन्छ । यदि कोही मान्छे घरमा जान खोजेमा फोनमा म्यासेज आउछ । चिनजानका मान्छे हो भने त्यहीबाट ढोका खोलेर भित्र पठाउन सक्नु हुन्छ । सडक सुरक्षाका लागि पनि स्मार्ट सिसिटिभी भित्र्याउन सकिन्छ । यसले कुन सवारी कति स्पिडमा गुडिरहेको छ भन्ने पत्ता लगाउछ । जसले गर्दा दुर्घटना न्युनिकरण गर्न टेवा पुग्छ ।

नेपालमा प्रविधी क्षेत्रको विकासका लागि क्यान महासंघले के के गर्दैछ ? 
कम्प्युटर एसोसिएसन नेपाल महासंघ सन् १९९२ मा स्थापना भएदेखि नै निरन्तर क्रियाशिल छ । नेपालमा नयाँ प्रविधि भित्र्याउने र भएका प्रविधिलाई विस्तार गर्ने काम गर्दै आएको छ । साथै नीति निर्माणका तहमा पहल गर्नै र सल्लाह सुझाव दिने कामहरु गर्दै आएका छौं । अहिले महासंघमा परिणत भएपछि जिम्मेवारी बढनुका साथै कार्य क्षेत्र पनि वृहत बनेको छ । 

सरकारको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
आइटी क्षेत्रले जुन प्राथमिकता पाउनु पर्ने हो त्यो पाउन सकेको छैन । हामीले लामो समयदेखि सूचना प्रविधीको छुटै मन्त्रालयको खाँचो औल्याउदै आएका छौ तर सम्वोधन हुन सकेको छैन । यदि सरकारले प्राथमिकताका साथ प्रविधि क्षेत्रलाई प्रभावकारी ढंगले सदुपयोग गर्नतिर लाग्ने हो भने यसले मुलुकको विकासमा ठूलो योगदान पु¥याउने निश्चित छ ।

अन्त्यमा केही भन्नु हुन्छ ?
प्रविधिको बढी भन्दा बढी सदुपयोग गरौं । इन्फोटेकमा गएर नयाँ प्रविधिहरुका वारेमा जानकारी लिऔं । आफुलाई समय अनुसार परिवर्तन गरी अघि बढौं ।

0 comments

Write Down Your Responses