Powered by Blogger.
मसंग आर्थिक र सांगठनिक इमान्दारिता छ

नविना लामा, अध्यक्षका प्रत्यासी, अनेरास्ववियु

अनेरास्ववीयुको २२ औ राष्ट्रिय महाधिबेशन आउदो  माघ २७ गतदेखि काठमाडौमा हुँदैछ । महाधिबेशनमा नेतृत्व आफ्नो पक्षमा पार्न पार्टीकै नेताबीच  तीव्र गुटबन्दी सुरु भएको छ । एउटा समुहबाट महासचिव नविना लामा अध्यक्ष पदको उम्मेद्धार बनेकी छिन् भने अर्को पक्षबाट उपाध्यक्ष दिपक गौतम । तर लामा आफु विद्यार्थीहरुबीच लोकप्रिय भएकाले जित सुनिश्चित भएको दावी गर्छिन् । 

अखिलको नेतृत्वमा  तपाई नै आउनुपर्ने के कारण हो ?

अखिलको नया नेतृत्वका लागि म नै  पहिलो नम्बरको दावेदार हु ।   अखिल  भित्र राष्ट्रिय परिषद् सदस्य हुदै महाँसचिव उपाध्यक्ष भइसकेको एउटा महिला अब अखिलको नेतृत्वमा पुग्नु  पर्दछ भन्ने हो र सवैको चाहना पनि त्यही छ । त्यसैले  म अखिलको अगामी महाधिवेशनबाट नेतृत्व लिनेछु  । 

तपाईको समुहको एजेण्डा के छ ?

अखिल भित्रको गुटवन्दीलाई अन्त्य गरेर एउटा राम्रो विद्यार्थीको संगठन बनाउन जरुरी छ  ।  हाम्रो शिक्षा प्रणाली त्यति व्यवहारिक छैन र त्यसलाई प्रतिस्पर्धी गुणस्तरिय शिक्षा बनाउनका लागि पनि म पहल गर्छु ।  सच्चा र इमान्दार कार्यकर्ता निर्माण गरेर अभिभावक बन्ने र स्ववियु निर्वाचन गरेर विद्यार्थी आन्दोलनलाई  नया ढंगले अगाढि बढाउन काम पनि म गर्नेछु ।

नेतृत्वमा जानका लागि के छन एजेण्डा ?

कमजोर बनेको विद्यार्थी आन्दोलनलाई सहि दिशा दिनका लाागि मेरो पहिलो प्राथमिकता पर्ने छ । भने  अखिल विद्यार्थीको एक मात्र संगठन हो भनेर स्थापित गर्नेका  लागि यहा भित्र रहेका  गुटबन्दी,अराजक आर्थिक अनियमिता अन्त्य गर्ने मेरो मुख्य एजेण्डा रहेका छन् । 

त्यो मेरो नेतृत्वबाट  नै सम्भव भएकोले मेरो ध्यान त्यसमा रहने छ ।  अर्को चाहि शिक्षा क्षेत्रमा देखिएको शैक्षिक माफिया व्यापरिकरणको अन्त्य गरि सरकारी स्कुलललाई राम्रो  र शैक्षिक क्यालेण्डलरलाई वैज्ञानिक बनाउने । त्यस्तै  गुटबन्दी रहित अखिल बनाउने पनि योजना छ । 

शैक्षिक माफियाको बिगबिगी कसरी अन्त्य गर्नुहुन्छ त ?

नाफा कमाउने र व्यापारका नाममा शिक्षा गर्ने माफियाको अन्त्य गर्ने मेरो योजना छ । अहिले केही व्यक्तिको हातमा मात्र शिक्षा छ । त्यो   निजिकरणलाई  पनि प्रतिस्पधी बनाउन आवश्यक रहेको छ ।  अहिले जुन दरमा  निजीको प्रवेश छ  त्यो भोलिको शिक्षामा  डरलाग्दो बन्ने छ । 

तसर्थ त्यसलाई निर्मूल पार्न आवश्यक रहेको छ । अहिले शिक्षा नाफामखी र कमाउने मात्र ध्यान दिने गरेका छन् । त्यो शिक्षाले कति जनशक्ति दक्ष बनाए भन्ने हो । तर त्यसो हुन सकेको छैन  ।  विद्यार्थीलाई शोषण गर्ने खालको शिक्षा मात्र छ । 

शिक्षा भनेको मानिसको जिवनसंग जोडिएको हुन्छ । तर अहिलेका शैक्षिक माफियाहरुले त्यस्तो शिक्षा दिन सकेका छैनन ।

शिक्षा प्रणाली सुधार गर्ने योजना के छ ?

शैक्षिकमा जुन खालको नाफा र व्यापारीमूलक छ त्यसको अन्त्य  मेरो योजना हो । शिक्षा सुधार्नका लागि  निजिकरणलाई मुक्त बनाउने छु । सरकारी तहका स्कुल,कलेज तथा क्याम्पसलाई गुणस्तर बनाउने । सवै विश्वविद्यालयमा  शैक्षिक क्यालेण्डर अनिवार्य बनाएर समयमा परीक्षा संचालन  तथा नतिजा प्रकाशन गर्ने  । त्यस्तै शिक्षा भन्दा टाढा रहेका समुदायलाई स्कुल ल्याउने जस्ता कार्यक्रम गर्ने ।
  
अखिलको दोस्रो महिला अध्यक्ष बन्ने रहर हो ?

रहरले मात्र नेतृत्व पाइदैन तर परिस्थिति  र साथीहरुको विश्वासमा म अध्यक्ष बन्ने ९९ प्रतिशत सम्भावना छ । विद्यार्थीको हक हितका सवालमा विद्यार्थी आन्दोलनको एजेण्डा मसंग छ । र म नै ९९.५ प्रतिशत अखिलको अध्यक्ष हुने सम्भावना छ ।

तपाईको जित्ने आधार के छ ? 

म एउटा इमान्दार कार्यकर्ता हँुदै नेता हुन पुगेको छु । न्यायको निम्ति विद्यार्थी संगठन चलाउन सक्छु । संगठनको भावना स्पीडलाई बोक्न सक्ने क्षमता ममा छ । शैक्षिक आन्दोलनलाई नयाँ दिशामा लाग्न सक्छु  । ७ बर्ष देखि हुन नसकेको स्ववियु  निर्वाचन गराउन पहल गर्न  सक्छु । 

सबै महिलाहरुलाइै सम्बोधन गर्न सक्दछु । साथै कमिटी संगठनलाई संस्थागत ढंगबाट मिलाएर लैजान म सक्दछु  । र अहिले देखिएको संगठन भित्रको गुटबन्दीको अन्त्य गर्ने क्षमता मेरो भएकोले मेरो पक्षमा धेरै साथीभाईको सहानुभूति भएकोले म आफै चुनाव जित्नेमा ढुक्क छु ।

अहिले अध्यक्षमा आकाक्षी दिपक गौतम भन्दा  के फरक हुनुहुन्छ ?

म उहा भन्दा सिनियर  । उहाभन्दा आन्दोलनमा पनि अग्रीम मोर्चामा काम गरेको अखिलको पुरानो मान्छे हुँ ।   म फिजिकल पनि महिला भएपनि  जेलनेल खाएको छु ।  स्ववियु निर्वाचनमा पटक पटक वाह्य शक्तिसंग लडेर अखिललाई अगाडि बढाएको छु । उहाँले म जस्तो कष्ट खाएको छैनन् । आन्तरिक लडाईमा विशिष्टता  हासिल गरेको छु र महिलाहरुका हकहितमा लागेर काम गर्न सक्दछु । 

तुलनात्मक ढंगले मैले अहिलेसम्म संगठनको जीवनमा  गलत काम गरेको छ्रैन  । संगठनभित्र कारवाहीको भागिदार पनि पनि बनको छैन । ममा  आर्थिक र  सांगठनिक इमान्दारिता छ, मैले संगठनको हित विपरित काम गरेको छैन । तर उहाँहरुमा त्यो छैन ।  

तपाई नेतृत्वमा आएपछि अखिललाई  कस्तो बनाउने त ?

अखिललाई विधि र प्रक्रियालाई संस्थाथत ढंगले अगाढि बढाउछु । गुटबन्दी अन्त्य गर्दछु  । न्याय र सम्मानलाई अगाडि बढाउछु । संगठन भित्र महिला जनजाति मधेशी जुन न्याय नपाएर भौतारिएका छन । मैले एक गतिशिल विद्यार्थीको संगठन अखिललाई बनाउने छु । जुन अरुको भन्दा फरक । जुन  संगठनलाई बदनाम छ त्यो म आइसकेपछि अन्त्य हुने छ  । सहि इमान्दार  न्यायप्रेमी विद्यार्थी संगठनको बनाउने छु  ।  

विकृत अन्त्य कसरी गर्नुहुन्छ त ?  

अखिल भित्र प्रशस्त्र विकृति छन् । तिनीहरुको अन्त्य हुन आवश्यक छ । संस्थागत निति विधान र  नियमलाई बाधेर नै विकृत अन्त्य गर्न सकिन्छ । त्यही निति निमय विधानलाई टेकेर अखिल भित्रकाो विकृत अन्त्य गर्न मेरो पहल हुने छ । गुटबन्दीका नाममा बाडफाड हँुदैन । निति र नियमललाई प्राथमिकतामा राख्दछु । त्यहीलाइै विधि विधानलाई कार्यन्यवन गर्ने छु  । 

म विधिलाई टेकेर काम गर्ने छु । त्यसो हुन सकेको खण्डमा विकृत स्वत अन्त्य भइहाल्छ ।  अखिलमा दुईवटा गुट छ त्यो गुटलाई समायोजन गर्नुपर्दछ । विधिलाई अवलम्बन गरेर गुटबन्दी र विकृत अन्त्य गर्छु । विधीलाई कार्यन्वयन गर्ने अखिलको जिम्मा हो ।

 मेरो पालामा कानुनको  पालना नगर्ने विधानलाई  मिचेर जाने र  विधान मिचेर जानेलाई दण्ड र पुरस्कारको व्यवस्था हुन्छ ।  

त्रिविको शैक्षिक क्यालेण्डर र स्ववियु निर्वाचन गर्ने के छ तयारी ?

स्ववियु निर्वाचनका लागि हामी नेविसंघ अखिल क्रान्तिकारी सवै मिल्नु पर्दछ । एउटा संगठनमात्रले स्ववियु निर्वाचन गर्न सक्दैन । त्यसैले सवै संगठन मिलेर स्ववियुलाई कब्जा गर्नेमात्र नबनाई एउटा लोकतान्त्रिक विधि अपनाएर हारजितको स्वीकारेर जानुपर्दछ । स्ववियु निर्वाचन नगराएर यसलाई पारालाइसिस बनाउन पाइन्न । त्यसका  लागि  एउटा शैक्षिक क्यालेण्डर बनाउने र त्यहीलाइ लागु गरेर ७ बषैदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्नुपर्दछ ।

साथै  समयमा परीक्षा गर्ने नतिजा प्रकाशित गर्ने जस्ता शैक्षिक क्यालेण्डरमा बनाएर मात्र होइन लागु पनि गर्नुपर्दछ  । विश्वविद्यालयलाई कसरी लैजाने भन्न त्यही क्यालेण्डरले स्पष्ट पार्ने । विधि र प्रक्रियालाई मानेर जादा क्यालेण्ढर स्ववियु निर्वाचन गराउन सकिन्छ । आज विधि र प्रक्रियालाई नमानेर जादा त्रिवि अस्तवस्त छ ७ बषैदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । दलिय भागबन्डाले विश्वविदालय विग्रेका छ । त्यसलाई अन्त्य गर्नुपर्दछ । 

शैक्षिक सुधार गर्ने के छ योजना ?

ठूलाठूला खालको शैक्षिक जागरण अभियान चलाउने । त्यो जागणरबाट शिक्षाको पहुच नपुगको समुदायलाई ल्याउने । शिक्षामा देखिएका विकृति विसंगतिलाई सुधार्ने  । टायर र इटा बर्साएर मात्र शैक्षिक आन्दोलन हुदैन । विभिन्न विज्ञहरुसंग सल्लाह गरेर शिक्षाको अग्रगामी दिशमा लैजाने । 

नेपालको शिक्षा नितिलाई अझै प्रभावकारी बनाउने । र पढन नपाएका विद्यार्थीलाई  ग्यारेन्टी गर्ने । यस्ता विषयमा प्रत्येक जिल्लाहरुमा जागरण अभियान गर्ने ।शिक्षासंग सरोकार मन्त्रालयसंग बसेर अगाडि बढाउने । नेपालको शिक्षालाई गुणस्तर प्रतिस्पधी बनाउने जस्ता मेरा योजना छन् ।  

 विद्यार्थी नेताहरु पार्टीका नेतामुखि भए भन्ने आरोप छ नी ?

अहिले विद्यार्थी नेताहरुमा गलत ट्रेन बसेको छ ।   यसलाई सुधार गर्न आवश्यक छ । यसको लागि संगठनभित्र विशुद्ध अभियान संचालन गर्नुपर्दछ । जो नेतृत्वमा छन तिनीहरु विद्यार्थीका  लागि कति काम गरे त्यो हर्नुपर्दछ । खाली नेताको पछि लागेर विद्यार्थी नेता भइदैन । 

संगठन भित्र गलत काममा प्रोत्साहन नभई कारवाही गर्नुपर्दछ  । त्यसैले त्यस्ता गलत ट्रेनमा  लागेका मान्छेलाई संगठनमा प्रवेशै गर्नदिन हुदैन । 




0 comments

Write Down Your Responses