Powered by Blogger.
सिजी फुड्सले गर्यो ज्ञानउदय छात्रवृत्ति वितरण


काठमाडौं, २६ माघ । सिजी फुड्सले ज्ञान उदय छात्रवृत्ति वितरण गरेको छ । 

उक्त संस्थाले कार्यविनायक नगरपालिका वडा नम्मर १ र ३ एवम् वडा नम्मर २, ३, ४ मा बसोवास गरी नीजि र सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित एस.एल.सी. र कक्षा पॉंच उतीर्ण गर्ने विद्यार्थीहरूलाई क्रमश १० हजार रुपिंया  र ५  हजार रुपिंयाका दरले छात्रवृत्ति प्रदान गर्दैै आइरहेको छ । 

जसअनुसार यस वर्ष १० हजार राशीको छात्रवृत्ति आदर्श शौल मा.वि.का दीक्षा थापा, जनउदय मा.वि.का उमेश परियार, माउण्ट मकालु मा.वि.की पुर्णिमा बानिया, सोफिया थापा मगरका साथै कर्मचारीका छोराछोरीका तर्फबाट नितिका महर्जनलाई प्रदान गरियो ।

यसै गरी कक्षा पॉंचतर्फ सर्वोकृष्ठ अंकसहित रु.५ हजारको राशीसहित छात्रवृत्ति प्राप्त गर्नेमा आदर्श शौल मा.वि. का रोजल तामाङ्ग, दीपकुञ्ज स्कुलकी यमुना पाण्डे,बालकुमारी मा.वि.का नरेश लामा, अस्मिता इङ्गलिस स्कुलकी श्रेया गुरुङ्ग र कर्मचारीका छोराछोरीमध्ये लजना डंगोल थिए ।

चौधरी समुहका वरिष्ठ सल्लाहकार महेशराज पन्तको सभापतित्व एवम् वरिष्ठ महापं्रबन्धक ए.के.द्विवेदीको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा छात्रवृत्ति छनौट समितिका संयोजक के.बि.तुलाधर र प्रशासकीय प्रबन्धक उज्ज्वल जी.सी.ले छात्रवृत्ति सम्बन्धि प्रकाश पार्नु भएको थियो ।

सि.जी.फुड्स (नेपाल) प्रा.लि, सैंवुले विगत चार वर्षदेखि ज्ञानउदय छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।



0 comments

Write Down Your Responses