Powered by Blogger.
सहयोगी बचत तथा ऋण सहकारीको आठौं साधारण सभा


पालुङ, २६ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ वार्षिक  साधारण सभा सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको प्रमुख आतिथ्यतामा भएको मंगलबार साधारण सभा भएको हो ।

सभा संस्थाका अध्यक्ष अन्जल प्रधानको सभाध्यक्षतामा भएको थियो ।  कार्यक्रममा संस्थाका सदस्य महेन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष प्रधानले संस्थाको भावी नीति तथा कार्यक्रमबारे  अवगत गराउनुभएको थियो । 

साथै उहाँले संस्थाको प्रगति तथा समृद्धिको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बहुमुल्य सुझाव दिनुहुने सम्पूर्ण महानुभावहरुमा कृतज्ञता ब्यक्त गर्नुभयो । संस्थाले गत पुस मसान्त सम्ममा २ करोड ६० लाख रुपिंया निक्षेप रहेकोमा २५ प्रतिशत बृद्धि गरि करिब ३ करोड १० लाख रुपैया पु¥याउने लक्ष्य लिएको छ । संस्थाका सचिव धर्मलाल प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै  उहाँले संस्थाको बारेमा जानकारी दिनुभएको थियो । 

स्थापना कालमा २४ जना पुरुष र १ महिला रहेको यो संस्थाले आठौं साधारण सभासम्म आईपुग्दा ६ सय ९५ जना सदस्य आबद्ध भएको, जसमध्ये ४ सय ९२ पुरुष र २ सय ८ महिला तथा १५ जना संस्थागत सदस्य रहेको जानकारी गराउनु भयो  । 

आठौं वार्षिक साधारण सभामा नयाँ कार्यकालको लागि कार्य समितिको पनि चयन गरिएको छ । अध्यक्ष पदमा पुनः अन्जल प्रधान, उपाध्यक्ष विष्णुहरि लामिछाने, सचिव धर्मलाल प्रधान र कोषाध्यक्ष अशोक श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रविण प्रधान, गजेन्द्रभक्त श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सुन्दर प्रधान र महेन्द्र प्रधान चयन गरिएको छ । 

लेखा संयोजकमा राजमान श्रेष्ठ र सदस्यहरुमा शुकदेव बिडारी र दान प्रधान चयन हुनु भएको छ । सबै पदाधिकारीहरु निर्विरोध रुपमा चयन गरिएको निर्वाचन अधिकृत भुमिराज अवस्थीले जानकारी गराउनु भयो ।



0 comments

Write Down Your Responses