Powered by Blogger.
जोशी र केसीपक्षको टक्करले काठमाडौं हेटौंडा सुरुङ मार्ग तुहाउने खेल


काठमाडौं, २७ माघ  । सरकारसंग स्विकृती लिएको लामो समय सम्म पनि लगानी जुटाएर काम गर्न नसकेको सुरुङ मार्गका सञ्चालकहरु एकले अर्कोलाई हटाउने र कम्पनी कब्जा गर्ने दाउमा लागेका छन् । त्यसका लागि आजका लागि कम्पनीको बोर्ड बैठक डाकिएको छ । 

सुरुङ मार्ग सञ्चालन गर्ने नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई जसरी पनि हटाउने  र अहिलेसम्मको अपजशको भारी उनैलाई बोकाउने तयारीमा उपाध्यक्ष लालकृष्ण केसी र सुभाषचन्द्र ठकुरी लागेपछि कम्पनीका शेयरकर्ताहरुले नयाँ दवाव अभियान सुरु गरेका छन् । 

परिवारको नाममा समेत गरी सुुरुङ मार्गमा १० लाख रुपिंया लगानी गरेका मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनकाजी माकजुको संयोजकत्वमा हेटौंडा काठमाडौं सुरुङमार्ग निर्माण  सरोकार समन्वय समिति गठन गरिएको छ । 

समितिले सञ्चालकहरुको आपसी वैमनश्यता र हानथापले सो योजना तुहिन सक्ने भन्दै सबैसंग समन्वय गरेर सञ्चालकहरुलाई मिलाउन प्रयास गरिरहेको बताइएको छ । संयोजक माकजुले सिस्नेरी, मार्खुतिरका केही व्यत्तिले मात्र ‘लगानी असुरक्षीत भएको बहानामा निहित स्वार्थ बोकेका सञ्चालकको इशारामा काम गरिरहेको’ भन्दै आफूहरुले मिलाउन प्रयाश गरिरहेको बताए । 

कम्पनी सञ्चालकहरुको द्धन्दका कारण विश्वास गुम्न दिन नहुने र त्यसका लागि आफूहरुले ‘कुशकुमार जोशी हटाउ अभियान’का पदाधिकारसंग समेत छलफल गरेको जानकारी दिए । जोशी हटाउ अभियानको संयोजक १० हजार रुपिंया लगानी गरेर केही समय सञ्चालक सदस्य भएका राजुमान महर्जन, पालुङका मिलन कार्की लगायत छन् भने नवगठीत सरोकार समितिमा माकजु, पालुङका लवेश्वर विष्ट लगायत छन् । 

केसी र ठकुरी समुहले आफ्ना विरुद्ध संगठित अभियान चलाएपछि जोशीले पनि यस्तो पहल गरेको बताइन्छ । व्यत्तिगत फाइदा र अन्य लेनदेनका सवालमा कुरा नमिलेपछि सञ्चालकहरुबीच पछिल्लो समय फाटो आएको र यसले जोशी हटाउ अभियान सतहमै आएको बताइएको छ ।

माकजुको संयोजकत्वमा गठित समितिले जोशी हटाउन नहुने पक्षमा लबिङ गरिरहेको बुझिएको छ । प्रतिष्ठीत नेपाल इकरात इन्जीनीयरीङ कम्पनीका सञ्चालक जोशीकै विश्वासमा आफूहरुले लगानी गरेको र उनलाई हटाएमा अन्य सञ्चालकहरुले योजना पार लगाउन नसक्ने भन्दै उनीहरुले जोशीको पक्षमा माहेल बनाउने काम गरिरहेका छन् ।





0 comments

Write Down Your Responses