Powered by Blogger.
रेडक्रसका सामाजिक परिचालकहरुलाई तालिम


जनक लामा 
पालुङ, २० फागुन । नेपाल रेडक्रस जिल्ला मकवानपुर शाखाले  थाहा नगरापालिकाको कोजी होममा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

भूकम्प पछि उत्थान तथा भूकम्प पुनर्लाप सम्बन्धि आफ्नो सामाजिक परिचालकहरुको लागि कार्यक्रम गरिएको हो । गोगने, डाडाँखर्क र खैराङका १२ जना परिचालकले कार्यक्रममा सहभागिता जनाएका थिए । त्यसैगरि भोलीबाट थाहा नगरपालिका र नामटार गाविसका सामाजिक परिचालक र वडा स्तरीय स्यम सेवकहरुको लागि ३ दिने तालिम हुने भएको छ । 

तालिममा भूकम्प पछिको उत्थानको लागि परिचालकहरुलाई राम्रो संग सिकाईने नेपाल रेडक्रस मकवानपुर शाखाका फिल्ड को अर्डिनेटर मुक्ति घिमिरेले जानकारी दिनुभयो ।यसैक्रममा भोली बिहान थाहा नगरपाकिाको २,३,६,७,१०,११ र १२ का वडा संयोजकहरु संग अन्तरक्रिया हुने भएको छ । भूकम्प पुनर्लाप कार्यक्रम गर्नको लागि पनि अहिले रेडक्रसले ३ वर्षे कार्यक्रमलाई अगाडि बढाईरहेको छ । 

जसमध्ये विशेष गरि आवास, स्वास्थ्य, खानेपानी, सरसफाई र जिविकोपार्जन लाई आधारमा बनाएर कार्यक्रम अगाडि बढाईएको रेडक्रस शाखा मकवानपुरका मन्त्री तथा सचिब लाल बहादुर थापाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses