Powered by Blogger.
मकवानपुर आइडलका लागि सेमिफाइनलबाट १० छानिए


पालुङ, २ फागुन । थाहा कला केन्द्रको आयोजनामा भएको मकवानपुर आइडलको सेमिफाइनल राउण्डबाट फाइनलका लागि १० प्रतिश्पर्धी छनोट भएका छन् ।  आइतबार प्रणय दिवश समेतको अवशर पारी  थाहा नगरपालिकाको विकासघरमा भएको सेमीफाइन छनोटबाट १० प्रतिश्पर्धी चयन भएका हुन् । 

१५ जनाको प्रतिस्पर्धामा मकवानपुर आइडलको फाइनल राउण्डको लागि १० जना प्रतिस्पर्धीहरु छानिएका छन् । हरेक प्रतिस्पर्धीले दुई गीतमा आफ्नो प्रस्तुती दिँदै प्रतिस्पर्धीहरु फाइनलको लागि छनोट भएा हुन् । सेमिफाइनलबाट फाइनल राउण्डको लागि सुरज कार्की, सागर तिमिल्सिना, सर्मिला स्यानतान, दिपक कालिराज, बिनिशा घिमिरे, दिपराज केसी, सरोज प्रधान, सिर्जना कपाली, देमन्त गोपाली र बिनिता गोपाली छानिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका चलचित्र निर्माता निर्देशक एवं स्वच्छन्द भैरव फिल्मस् प्रालिका प्रमुख बिएस बलामीले मकवानपुर आइडल बिजेता बन्ने प्रतिस्पर्धीको लागि आफ्नो आगामी चलचित्रमा पाश्र्व गायनको लागि मौका दिने बताउनु भयो ।

निर्णायकको रुपमा रहेका गायक गायीकाहरु लालकाजी श्रेष्ठ, मेनुका राई, र उत्तम थापामगर तथा स्थानीय गायक मुक्तिनाथ उप्रेतीको प्रस्तुतीले कार्यक्रममा थप उत्साह थपेको थियो । सबै प्रतिस्पर्धीहरुसंग उत्तिकै राम्रो प्रतिभा रहेको र साँगितिक क्षेत्रमा राम्रो भविष्य रहेको निर्णायक श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद र एक गीत रेकर्ड गर्न पाउने छन् । त्यसैगरी द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार र २० हजार रुपिंया नगद पुरस्कार प्रदान  गरिने आयोजकले बताएको छ ।

स्थानीय गायक उप्रेतीको नयाँ एल्बम ‘जवानी चढ्यो झन्’ गायीका कोमल वलीको साथमा यहि फागुन १५ गते भित्रमा बजारमा आउने जानकारी दिए । मकवानपुर आइडलको फाइनल २०७३ वैशाख १ गते हुनेछ । 



0 comments

Write Down Your Responses