Powered by Blogger.
जी.सी.लाई नुवाकोट रत्न सम्मान


नुवाकोट, ४ फागुन । नुवाकोट मिनी महोत्सव २०७२ का अवसरमा आयोजक संस्था थ्रिडी युवा क्लबले हालै वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी.लाई नुवाकोट रत्न सम्मान प्रदान गरेको छ ।

 जी.सी.ले नेपाली साहित्यमा साढे तीन दशकदेखि निरन्तर समर्पित रही कविता, गीत, गजल र मुक्तक विधामा महत्वपूर्ण योगदान पु¥याए बापत सो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । 

यसैगरी उक्त सम्मान नेपाली भाषा साहित्यमा उल्लेख्य योगदान पु¥याए बापत चितवनका वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछानेलाई पनि प्रदान गरिएको छ । 

महोत्सवको समापन समारोहका दिन दुबैलाई उक्त सम्मान प्रदान गरिएको जानकारी संस्थाको पे्रश विज्ञप्तिमा उल्लेख छ ।

0 comments

Write Down Your Responses