Powered by Blogger.
आग्राका भूकम्प प्रभावितलाई नगद


आग्रा, ४ माघ । मकवानपुरको आग्रा गाविसका आंशिक क्षति भएका भूकम्प प्रभावितहरुलाई थप न्यानो कपडा व्यवस्थापनको लागि नगद रकम वितरण  गरिएको छ । 

आग्राका वडा नम्मर १ देखि र ९ सम्मका प्रभावितहरुलाई ५ हजार रुपिंयाको दरले नगद  वितरण गरिएको हो । टियर फण्डको सहयोग, राडो नेपालको व्यवस्थापन र डिजाईस्टर ईमरजेन्सी कमितिको आर्थिक सहयोगमा भूकम्प प्रभावित ३ सय ३२ घर परिवारलाई वितरण गरिएको राडो नेपालका सुचना व्यवस्थापन अधिकृत विष्णु धितालले जानकारी दिनुभयो ।

आग्राका वडा नागरिक मञ्चको समन्वयमा आशिंक क्षतिबाट प्रभावित तथा गलत तथ्याङ संकलन गर्दा छुटेकाहरmलाई वितरण गरिएको धितालको भनाई छ । यस लगतै मकवानपुरको अति भूकम्प प्राभावित टिस्टुङ गाविसका आँशिक क्षति भएका परिवारलाई नगद सहयोग वितरण गर्ने कार्यक्रम रहेको धितालले बताउनु भयो ।

0 comments

Write Down Your Responses