Powered by Blogger.
पालुङका कृषकलाई ९५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

पालुङ, ६ फागुन । भूकम्पबाट अति प्रभावित कृषकका लागि मकवानपुरको उत्तरी भेगमा ९५ प्रतिशत अनुदानमा सानो हाते ट्याक्टर (मिनी टेलर) वितरण गरिएको छ । 

कृषक समूहका लागि ९५ प्रतिशत अनुदानमा ४८ थान हाते ट्याक्टर वितरणको गरिएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको आर्थिक सहयोगमा मकवानपुरको उत्तरी भेगका थाहा नगरपालिका, आग्रा, गोगने, मार्खु, चित्लाङ, नामटार, कालिकाटार लगायत ८ गाविसका कृषक समुहमा आवद्ध रहेका कृषकलाई कृषकलाई हाते ट्याक्टर (मिनी टेलर) वितरण गरिएको हो । 

कृषि तथा वन विज्ञान प्रतिष्ठान तथा प्रसार निर्देशनालयले दामन पालुङमा सञ्चालन गरि रहेको पर्यावरण मैत्री कृषिका लागि जैविक विविध एवम् जैविक मल प्रबद्र्धन परियोजना अन्तरगतको जडिबुटी पिस्नको लागि मिल र कृषकको लागि हाते ट्क्याक्टर हस्तान्तरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यलय मकवानपुरका प्रमुख निर्मलकुमार गदालको सभाध्यक्षता तथा क्षेत्र नम्मर २ का सांसद सुभाषचन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा ट्याक्टर वितरण गरिएको हो । ६५  हजार ट्याक्टर ९५ प्रतिशत छुट सहित  वितरण गरिएको हो । वितरण कार्यक्रम पश्चात कृषकलाई ट्याक्टर जडान, चलाउने विधि तथा जोताई, समस्या तथा सामान्य मर्मत सम्भारको बारेमा सिकाइएको थियो । 

कृषकहरुले सो ट्याक्टर पाए पछि अब केहि भए पनि राहत भएको र अब व्यवसायिक बन्दै आगर्निक खेति तर्फ लाग्ने र यस क्षेत्रलाई विषदी रहित क्षेत्र भनेर चिनाउन प्रयत्न गर्ने बताए । उनीहरुले कृषिलाई वैज्ञानिकीरण, आधुनिकीकरण, व्यावहारिक, उत्पादन वृद्धि, आत्मनिभरताको बाटोमा  अघि बढाउन हाते ट्याक्टर प्रभावकारी हुने बताएका छन् ।

थाहानगरको थाना बजारमा हाते ट्याक्टर वितरण कार्यक्रममा बोल्दै सांसद सुभाषचन्द्र ठकुरीले हाते ट्याक्टरले कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने र किसानहरुको सहकारी संस्था तथा कृषि समुहबाट सबै कृषकले अत्याधिक लाभ प्राप्त गर्ने सक्ने विश्वास व्यक्त गरे । 

उनले परम्परागत खेतिलाई परिवर्तन गर्दै र व्यासायिक खेत तर्फ लाग्नु पर्ने जोड दिए । भूकम्प पछि चह¥याइरहेको घाउमा भूकम्प प्रभावित कृषकहरुलाई हाते ट्याक्टर पाए पछि केहि भए पनि राहत उनको भनाई थियो ।  कार्यक्रमका विशिष्ट अतिथि रहेका एनेकपा माओवादिका पूर्व सांसद प्रेमबहादुर पुलामीले  अत्याधिक कृषकले तरकारी उत्पादन गरेता पनि सो अनुसारको मुल्य नपाइरहेको र बजार व्यवस्थापन नभएकोले किसान मारमा परिरहेको बताए ।

राष्ट्रिय कृषक समुह महासंघका महानन्द सापकोटाले कृषि व्यवसायिक बनाउनको लागि कृषकलाई निशुल्क मल विउ वितरण गर्नु पर्नेमा जोड दिए । 




0 comments

Write Down Your Responses