Powered by Blogger.
रेडीयो थाहाको वार्षिकोत्सवमा रक्तदान


हेटौंडा, ६ फागुन । रेडियो थाहा सञ्चार हेटौंडाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । 

रेडियोको आठौं बार्षिकोत्सवको अवसरमा हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन् । यो संख्या जिल्लामा यसवर्ष रक्तदान गर्ने सबैभन्दा धेरै हो । यसअघि अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका थिए । 

रेडियो थाहासंचार हेटौंडाको बार्षिकोत्सवका अवसरमा शुक्रबार जिल्लामा क्रियाशील सञ्चारकर्मी र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल खेल हुदैछ । सुमन भोम्जन स्मृति फाउन्डेसनको सहकार्यमा वन विज्ञान अध्ययन संथानको खेल मैदानमा मैत्रीपूर्ण फुटबल हुनेछ । रेडियो थाहा सञ्चार ९९ दशमलब ६ मेगाहर्जले २०६४ फागुन ७ गते प्रशारण शुरु गरेको थियो । 

२०७२ बैशाखदेखि भने काठमाडौंमा रेडियो थाहा सन्चार ९९ दशमलब ४ मार्फत थाहा सन्चार नेटवर्कको रुपमा अहिले विभिन्न एफ.एम रेडियोसहित देशैभर पहुँच बिस्तार गरेको छ । 




0 comments

Write Down Your Responses