Powered by Blogger.
गाँजा ओसारपसार गर्ने हेटौंडाबाट पक्राउ


हेटौंडा, ७ फागुन । प्रहरीले लागूऔषध गाँजा रोप्ने, बिक्री गर्ने र ओसार पसार गर्नेलाई पक्राउ गरेको छ । ओसार पसारमा बालबालिकाको समेत प्रयोग भएको पाइएको छ । 

बुधबार बिहान हेटौँडा–१७ रातोमाटेमा  हेटाँैडाबाट पथलैया तर्फ जांदै गरेको मे १ ख १९२८ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागूऔषध गाँजा ओसार पसार गर्दै गरेका रौतहट भसेडवा गाविस–६ का ५८ वर्षीय पाँचु दास र उनका वर्ष १४ र वर्ष १० का छोराहरु पक्राउ परेको हो । उनीहरुको साथबाट शरिरमा लगाएको कपडाको भोटो भित्र प्याक गरी लुकाई छिपाई ल्याएको ८ केजी फेला परेको मकवानपुर प्रहरी प्रवक्ता शिशु शर्माले बताउनुभयो ।

उक्त लागूऔषध बिक्री गर्ने मकवानपुरको मनहरी–७ का ५२ वर्षीय सुब्बा गिरी र उनकी श्रीमती ३७ वर्षीय सुकुमाया गिरी समेत पक्राउ परेका छन् । उनीहरुको घर खानतलासी गर्दा लागूऔषध गाँजा २६ केजी नौं सय ग्राम, चरेश दुई सय ८० ग्राम, लागूऔषध जस्तो देखिने धुलो २० ग्राम, नगद ३६ हजार पाँच सय, फलामको तराजु  १ थान, एक केजी र  दुई केजीको फलामको ढक बरामद गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

गिरी दम्पत्तिलाई गाँजा बिक्री बापतको पैसा लिन उनीहरुकोे घरमा आउने क्रममा गाँजा खेती गर्ने मकवानपुरको सरिखेत गाविस–५ बस्ने ३३ वर्षीय कृष्ण थिङलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses