Powered by Blogger.
जनप्रियका विद्यार्थीद्धारा भित्तेपत्रिका प्रकाशन शुभारम्भ


हेटौंडा, ७ फागुन । श्री जनप्रिय उमावि हेटौंडा १९ हटिया चिसापानी मकवानपुरमा गठन गरिएको दिव्य सेवा बाल क्लबले एक समारोहबीच भित्तेपत्रिका प्रकाशन सुभारम्भ गरेको छ । 

निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौलाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निरौलाले बाल बालिकालाई काम कर्तव्य अधिकार प्रति बोध गराई सर्वाङ्गिण बिकासको लागि उनिहरुमा भएको अन्तर्निहित प्रतिभा र क्षमतालाई उजागर गर्न पत्रिका प्रकाशनले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । 

विद्यार्थी स्वयमले  आफ्नै हस्तलेखनमा पत्रिका प्रकाशन भएकोमा प्रशम्शा पनि गर्नु भयो । कार्यक्रममा जनप्रिय श्रोतकेन्द्रका श्रोत ब्यक्ति केशव सन्जेल, पूर्ब बिद्यालय निरीक्षक एबम निकेतनका शिक्षा समितिका संयोजक यादब गजुरेल, जनप्रिय उमाबिका प्राचार्य धनिकलाल साह, श्रोतकेन्द्र परीक्षा समितिका अध्यक्ष शिबदयाल यादब, शिक्षकहरु अरुण खतिवडा, पुरूषोत्तम सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष  वीर बहादुर बिश्वकर्मा, बाल क्लबका शिक्षक नायक युक्तलाल बिश्वकर्मा लगायतकाले बालबालिकाले गरेको कामको उच्च सराहना गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो  ।

कार्यक्रममा बालक्लबका २५ जना विद्यार्थीहरुलाई दिव्य सेवा निकेतनले शैक्षिक सामाग्री र सहयोगी सामन्यज्ञानका पुस्तकहरु बितरण गरेको थियो ।भित्ते पत्रिकामा कथा, लेख–रचना, चुट्किला, गाउँखाने कथा, आकर्षक चित्र लगायतका सामग्री समाबेश गरिएका छन् । 

क्लबकि अध्यक्ष प्रतीक्षा गर्तौलाको अध्यक्षता सम्पन्न  कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष सबिन ढकालले  र  कार्यक्रमको सन्चालन सचिब रमिता ढकालले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।



0 comments

Write Down Your Responses