Powered by Blogger.
उत्तरी मकवानपुरका वनमा दिनदिनै डँढेलो, नेपाली सेनाले लियो नियन्त्रणमा


मुक्तिनाथ उप्रेती
पालुङ, ७ फागुन । मकवानपुरको उत्तरी भेगको थाहा नगरपालिका लगायत आसपासका ठाउँहरुमा अज्ञात व्यक्तिले आगजनी गर्दा फैलिएको डँढेलोले वनको ठुलो भाग सखाप भएको छ । 

थाहा नगरपालिकाको वडा नम्मर १ मा रहेको पञ्चकन्या सामुदायिक वनमा गए राती लागेको डँढेलोले वन सखाप भएको हो । अज्ञात व्यक्तिले आगजनी गर्दा फैलिएको डँढेलोले वनको ठुलो भाग सखाप पारिएकोे वनका उपभोक्ताहरुले बताएका छन । 

डँढेलोेमा परि वन भित्र रहेका साना तथा ठुला रुखहरु जलेर खरानी भएको वन उपभोक्ता समितिले जनाएको छ । सो डँढेलोे थाहा १ अन्तरगतको कुटिपकल भन्ने स्थानका घरहरुमा फैलिन सक्ने भन्दै बेलुका नै उपभोक्ता समितिका सदस्यहरुले हरियो स्याउलाले हानेर निभाएको  स्थानिय शुसाल थोकरले जानकारी दिनु भयो ।

उपभोक्ताहरुले संरक्षण गरेको वनमा डँढेलोेले राष्ट्रिय फुल लालीगुराँस, सल्ला लगायत बोटबिरुवा नष्ट हुनुकोे साथै लोप उन्मुख वन्यजन्तु समेत नष्ट भएको थोकरले जानकारी दिनु भयो । उता वैशाख १२ गतेको विनासकारी भूकम्पले पानीको मुहान सुकाए पछि चिन्तित भइरहेको अवस्थामा झन् डँढेलोले खडेरी उत्पन्न गर्ने भयो भन्दै स्थानिय चिन्तित भएका छन् ।

यता थाहा ५ अन्तरगत रहेको ल्याङ्खु वनमा पनि डँढेलो लागेको सामाजिक परिचालक शंकर लो लामाले जानकारी दिनु भयो । त्यस्तै थाहा नगरपालिका १५ स्थित चुलिप्राण सामुदायिक वनमा गए राती डँढेलोे लागेको थियो । आगलागिले हजारौ बोटविरुवा नष्ट भएको छ । डँढेलो निभाउनको लागि उपभोक्ता समितिका सदस्यहरु, स्थानियहरु, नेपाली  सेना ७ नम्मर बाहिनी अड्डा चनबन ब्यारेकका विष्णुहरि शाँखीको नेतृत्वमा टोली खटिएको थियो । 

आगलागी निभाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै चुलीप्राण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सबिता सुबेदीले जथाभावी चुरोटका ठुटाहरु नफाल्न तथा जोगाउन सबैलाई आग्रह गर्नुभएको छ । 


0 comments

Write Down Your Responses