ल्होसारको अवसरमा टिष्टुङ नौखण्डेमा भव्य सास्कृतिक कार्यक्रम

नौखण्डे(मकवानपुर), ७ फागुन ।२८ सय ५२ औं टे अर्थात बादर ल्होसारको अवसरमा टिष्टुङ नौखण्डेमा भव्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङका केन्दीय महासचिव कुमार लामाको आतिथ्यतामा साँस्कृतिक कार्यक्रम भएको हो । ल्होसार मुल समारोह समितिका संयोजक राजेन्द्रकुमार बलको सभाध्क्षतामा भएको कार्यक्रममा राष्ट्रिय कलाकार बद्रि पंगेनी, निमा दोङ, निर्मला घिसिङ र स्थानिय कलाकार मुक्तिनाथ उप्रेतीको पनि बेजोड प्रस्तुति रहेको थियो ।
शनिबार राष्ट्रिय कलाकार निमा रुम्बा, हास्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतको प्रस्तुति रहने ल्होसार मुल आयोजक समितिका विभागिय प्रमुख किरणमान बलले जानकारी दिए ।
0 comments
Write Down Your Responses