Powered by Blogger.
एमाओवादी थाहा १३ मा सुबिनभक्त


बज्रबाराही, ७ फागुन । मकवानपुर जिल्ला थाहा नगरपालिकाको १५ वटै वडामा एनेकपा माओवादीको पार्टी सुदृढिकरण तथा संगठन विस्तार अभियान अन्तरग शुक्रबार  थाहा नगरपालिकाको वडा नम्बर १३ मा वडा कमिटी गठन गरिएको छ ।

 कार्यक्रममा एनेकपा माओवादी थाहा नगर कमिटि उपाध्यक्ष बिष्णु गोपाली, सचिव बिनोद लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्ष राजकुमार केसींको उपस्थिति थियो । 

सम्मेलनले सुबिनभक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय १३ नम्बर वडा कमिटि  सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटिको उपाध्यक्षमा उद्धव अधिकारी, सचिवमा सचिन कमाचार्य, कोषध्यक्षमा ललितसिंह ठकुरी रहेका छन् । 

यसैगरी सदस्यहरुमा रामपुकार परियार, बुद्धिलाल देउला, श्रीकृष्ण महर्जन, मनमाया देउला, गणेशबहादुर महर्जन, गोबिन्द महर्जन, श्रीराम महर्जन रहेका छन् ।

0 comments

Write Down Your Responses