Powered by Blogger.
जनकल्याणमा ४ देशका ३८ अतिथिको जमघट हुँदै


जनक लामा 
थाहा, २१ फागुन । थाहा नगरपालिकाको जनकल्याण उच्च माविमा भोली ४ देशका अतिथिहरु आउनु हुने भएको छ । 
च्वाईस नेपालको सक्रियतामा ४ देशका ३८ जना अतिथिहरु आउनु हुने भएको हो । जनकल्याण उच्च माविको निमन्त्रणा र अमेरिकी स्वयम सेवकको नेतृत्वमा अतिथिहरु आउनु हुने भएको हो । जसमध्ये अमेरिका, चिन, जापान र कोरियाका अतिथिहरु आउनु हुने जनकल्याा उच्च माविका प्राचार्य सानोभाई कार्कीले जानकारी दिनुभयो । अतिथिहरूलाइ भोली शनिवार स्वागत कार्यक्रम राखिएको । 

२३ गते बेलुकी पाहुनाहरूको सत्कारमा साँस्कृतिक कार्यक्रम राखिएको छ भने २४ गते अतिथिहरूले ५० थान फर्निचर सहयोग गर्ने भएको छ । पाहुनाहरूलाइ स्वागतको लागि विद्यालयले स्थानीय संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी, अभिभावक, विद्यार्थीहरूलाइ आमन्त्रणा गरेको छ ।

0 comments

Write Down Your Responses