Powered by Blogger.
शनिबारको एमाले प्रशिक्षणमा घनश्याम र बिरोध आउने, योगेशको कार्यक्रम स्थगित


पालुङ, २८ फागुन । नेकपा(एमाले) मकवानपुर २ नम्मर क्षेत्रीय कमिटीले आयोजना गरेको क्षेत्रव्यापी अगुवा कार्यकताहरुको प्रशिक्षण कार्यक्रमको सबै तयारी पुरा भएको जनाइएको छ ।

पालुङको जेसीज हलमा हुने प्रशिक्षणमा एमालेका वैचारिक नेता तथा उपमहासचिव घनश्याम भुषालले विशेष प्रशिक्षण दिनुहुने छ । सो कार्यक्रममा थाहा नगर तथा क्षेत्रभरीका गाविसका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहने एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बलले जानकारी दिनुभयो । 

एमालले क्षेत्रगत रुपमा एक महिने अभियान चलाएको थियो । संगठन सुदृढीकरणसंगै नयाँ संविधानका राम्रा पक्ष र विकास निर्माणका सवालमा एमाले कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका बारेमा नेकपा एमाले २ नम्मर क्षेत्रीय कमिटीले कार्यकर्ता जागरण कार्यक्रम तालिका बनाएरै गरेको थियो । 

कार्यक्रम केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडा समेत सहभागी हुने बताइएको छ । सो प्रशिक्षणमा युवा नेता तथा केन्द्रीय सचिव योगेश भट्टराई समेत आउने पूर्वनिर्धारित कार्यक्रम तय भएको थियो । तर विभिन्न जिल्लामा सहभागि भएर शुक्रबार मात्र काठमाडौं फर्किनुभएका सचिव भट्टराईको स्वास्थ्यमा एक्कासी समस्या आएकाउने उहाँ सहभागी हुने कार्यक्रम हालका लागि स्थगित भएको हो ।

‘प्रशिक्षणमा घण्टौं कार्यकर्तासंग वैचारिक मन्थन गर्नुपर्ने हुन्छ, तर उहाँ स्वर बसेकाले बोल्न निक्कै कठीन भयो, यही कारण पालुङ जाने कार्यक्रम स्थगीत भयो ।’ भट्टराईका स्वकिय सचिव रबिन प्यासीले भने ।तर मकवानपुरको उक्त स्थानमा भट्टराई आउन इच्छुक भएकाले छिट्टै अर्को कार्यक्रम तय हुनसक्ने बताइएको छ । 


0 comments

Write Down Your Responses