Powered by Blogger.
पालुङमा किशोरी सूचना परामर्श केन्द्र उद्घाटन


पालुङ, २८ फागुन । थाहा नगरपालिकाको ओखरबजार  किशोरी सूचना परामर्श केन्द्र तथा मानोसामाजिक विमर्स केन्द्र उद्घाटन भएको छ । लालिगुराँस महिला बहुउद्देशिय सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी मान बहादुर विकेको प्रमुख आतिथ्यतामा भएको हो । 
कार्यक्रममा महिला बालबालिका कार्यालय प्रमुख महिला विकास अधिकृत शोभा साह र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दीपकप्रसाद तिवारीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा महिला हिंसा र बालबालिकाको अधिकारको बारेमा सहभागीहरुले धारणा राखेका थिए ।  अबका दिनमा महिला र वालअधिकारका क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने बारेमा वृहत योजना बनाउने तयारी भइरहेको  लालीगुराँस महिला बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष रिता प्रधानले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses