Powered by Blogger.
नेपाल–चीनका दुई देशीय लाभ कार्यान्वयन भएका छैनन्

डा. उपेन्द्र गौतम, महासचिव, चीन अध्ययन केन्द्र

० सबैतिरबाट महŒवसाथ हेरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट नेपालले केकसरी लाभ लिन सकिन्छ ?

– म चीनसम्बन्धी लामो समयदेखि अध्ययन गरिरहेको विद्यार्थी हु“ । त्यस परिप्रेक्ष्यमा विचार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हामीलाई जहा“ दुख्छ, त्यो कुरा स्पष्ट र खुलस्त ढंगले चिनिया“ नेताहरूस“ग राख्न सक्नुपर्छ । अहिलेको सन्दर्भमा हाम्रो अपेक्षा यही हो । 

० अहिलेसम्म हाम्रा नेताहरूले स्पष्ट कुरा राख्न नसकेकै हो त ?

– हो, अहिलेसम्मको प्रवृत्ति यस्तै देखिएको छ । हाम्रा नेताहरूले चीन र नेपालको सम्बन्ध बढ्ता भाषणमा मात्र सीमित राख्दै आउनुभएको छ । बाहिरी प्रदर्शन र देखावटी कुराबाट मात्र बलियो कूटनीति हु“दैन । सारभूत रूपबाट दुई देशको सम्बन्ध आफैंमा परिपूर्ण छन् र आफैंमा विशेष पनि छन् । तर, यसलाई अघि कसरी बढाउने भन्ने कुरामा हामी गम्भीर भएका छैनौं । त्यसैले, उहा“ले स्पष्ट रूपबाट नेपालका आवश्यकताहरू राख्न सक्नुपर्छ । त्यही अनुसारका कुराहरू अघि बढाउनुभयो भने मेरो विचारमा सबैभन्दा राम्रो हुन्छ । 

० अहिले चीनबाट प्रत्यक्ष लाभ लिन सक्ने विषय केके देख्नुहुन्छ ?

– वास्तवमा भन्नुहुन्छ भने हाम्रो प्राथमिकतामा यति धेरै कुरा पर्छन् कि त्यसले गर्दा हाम्रा प्राथमिकताहरू धुमिल हुन्छन् । सबैभन्दा पहिलो कुरा चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । त्यो अर्थतन्त्रस“ग हामी कसरी गा“सिने भन्ने कुरा सबैभन्दा महŒवपूर्ण कुरा हो । 

त्यसलाई हेर्दा अहिले देखिएको टड्कारो अभाव भनेको हामीस“ग पूर्वाधारको अभाव छ । पूर्वाधार भनेको केवल सडक मात्र होइन । पूर्वाधारस“ग सञ्चारका कुरा आउ“छन्, हवाई यातायातका कुरा आउ“छन् । स“गस“गै पूर्वाधार भन्नाले दुई देशका योजना बनाउने संस्थाहरूबीचका सम्बन्धका कुराहरू पर्छन् । अहिले त्यस्तो सम्बन्ध बडो तदर्थवादी ढंगबाट चलिरहेको छ । स्थायी रूपबाट त्यस्तो केही गतिविधि अघि बढेको हामी देख्दैनौं । 

चिनिया“ परराष्ट्रमन्त्री नेपाल आएर उहा“ले चीन र नेपालबीच रेलवे सम्बन्ध कायम गरौं, तपाईंहरूले पनि अध्ययन गर्नुहोस् भन्नुभयो । चीनले ल्हासामा रेल ल्याएको सन् २००६ मा हो । त्यति पहिला ल्याएपछि कमसेकम हामीले त हेर्नुप¥यो नि † त्यो रेल कहा“कहा“ लान्छ उसले ? कसरी लान्छ ? त्योस“ग हामी कसरी गा“सिन्छौं ? हाम्रो पूर्वाधार हामीले कहा“ विकास गर्ने ? चीनको पञ्चवर्षीय योजनाहरू केके छन् ? चीनले कसरी योजना बनाइरहेको छ ? त्यो बुझ्नुप¥यो नि † 

अनि त्यहीअनुसार निर्णय गरेर हामीले आफ्ना योजनासम्बन्धी पूर्व तयारीहरू अघि बढाउनुपर्छ । अहिलेको भूराजनीतिमा दुईदेशीय सम्बन्ध र अन्य पूर्वाधार वा व्यापारिक सम्बन्ध विस्तारमा केही बाधा छ जस्तो देख्दिन म । मुख्यतः राजनीतिक इच्छाशक्तिको कुरा हो । हिमाललाई बाधक ठानिन्छ, तर त्यो हिमालभित्र हाम्रा अनेक भन्ज्याङहरू छन्, जुन भन्ज्याङलाई हामीले दुई देशको अन्तरनिहित विकासका लागि अत्यधिक मात्रामा अत्यन्त सफलतापूर्वक उपयोग गर्न सक्छौं । तर, हामीले गरेका छैनौं । 

त्यसैले हामीलाई सबैभन्दा टड्कारो आवश्यकता पूर्वाधारकै हो, जसलाई अत्यधिक लाभका लागि उपयोग गर्न सकिन्छ । त्यो पूर्वाधार नभईकन हाम्रो विकास एकअर्कास“ग चलायमान हुन सक्दैन । 

० के त्यसो भए रेलको कुरा कुनै सपना मात्र होइन, पूरा हुन्छ ?

– जरुर यो सपना मात्र होइन, ठूलो वास्तविकता पनि हो । यस किसिमबाट हामी अघि बढ्न सक्यौं भनेदेखि हामीले धेरै राम्रो गर्छौं । नेपाललाई भूपरिवेष्टित वा भारतस“ग तीनतिरबाट घेरिएको भनिन्छ तर त्यो पनि खास ठूलो समस्या होइन । नेपालले अहिले होइन, पञ्चायत कालमै झन्डै ३७ वटा देशस“ग हवाई यातायातका सम्बन्धहरू विकास गरेको थियो । सम्झौताहरू भएका थिए । अब यसलाई बढाउनेतिर लागेर काम गर्ने हो भने अब कुनै पनि देश भूपरिवेष्ठितको गुनासो गाएर बस्नुपर्ने अवस्था आउ“दैन । 

० भारतबाट लामो समय नाकाबन्दी बेहोरेलगत्तै प्रधानमन्त्रीले चीन भ्रमण गर्दै हुनुहुन्छ, चीनस“ग व्यापार गर्ने कुराहरू पनि उठेको थियो, यसलाई कसरी टुंग्याउनुपर्ला ?

– त्यही राष्ट्रले सबैभन्दा बढी चीनस“ग सम्बन्ध अघि बढाउन सक्छ, जुन राष्ट्रले आफूलाई सार्वभौम र स्वतन्त्र ठानेर अघि बढेको हुन्छ । हामीले नेपाल भारत सम्बन्धलाई चीन–नेपाल सम्बन्धस“ग गा“सेर हेर्नु र व्याख्या गर्नु आवश्यक छैन । 

त्यसरी गा“सियो भने सर्वथा त्यो एक किसिमको गल्ती पनि हुनेछ । किनकि नेपाल र चीन सम्बन्ध नै आफैंमा विशेष र सम्पूर्ण छ । र, त्यसलाई हाम्रो आवश्यकताको नीतिअनुसार उपयोग गर्नुपर्छ । कसले के ग¥यो भन्ने हेरेर प्रतिक्रियावादी रूपबाट अघि बढ्ने होइन कि हामीले हाम्रो आवश्यकता के हुन् र त्यसलाई अघि बढाउन के गर्नुपर्छ भनेर चीनस“ग सहकार्य गर्नुपर्छ । त्यसो हुनाले कसले के भन्छ, को रिसाउ“छ, को खुसाउ“छ भनेर हामीले काम गर्न थाल्यौं भने कति सार्वभौम छौं भनेर प्रश्न उठ्न सक्छ । 

हामीले त केवल हाम्रो हितमा के छ भनेर हेर्नुपर्छ । हामीले हाम्रो जनताको हितमा गर्ने कामहरू कुनै पनि राष्ट्रविरुद्ध हु“दैन भन्ने मेरो धारणा छ । त्यसरी अघि बढ्न सकियो भने प्रधानमन्त्री ओलीस“ग सम्पूर्ण राष्ट्र छ । सम्पूर्ण राष्ट्रका जनताहरू उहा“स“गै छन् । उहा“ले कुनै पनि तरिकाले हाम्रो आवश्यकताअनुसार हाम्रो स्वाधीन अर्थतन्त्रलाई विकास गर्न दूरदृष्टिकोण राखेर अघि बढ्नुभयो भने मेरो विचारमा अरू कुनै पनि किसिमले उहा“लाई बाधा पार्दैन । 

० उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा गएर गृहकार्य भएको वाणिज्य सम्झौता अब पूरा हुन्छ ?

– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा जा“दा केही सहमति पक्कै भएका छन् । त्यसलाई दृष्टिगत गर्दा त्यहा“ आएका केही कुरा छन् । जस्तो, पारवहनमा चीनको क्षेत्र प्रयोग गर्ने कुरा छ । पेट्रोलियम पदार्थको कारोबार गर्ने भन्ने कुराहरू छन् । अहिलेसम्म हामीले चीनस“गको सम्बन्ध तदर्थ रूपबाट प्रयोग गरेका छौं । कुनै संकटकाल आयो भने मात्र चीनस“गको पुरानो सम्बन्धका कुरा उठ्छन् ।

 मेरो विचारमा हामी त छिमेकी हौं । हाम्रो सम्बन्ध कुनै एउटा भ्रमणमा आधारित हुनुहुन्न । प्रधानमन्त्री जाने, २÷४ दिन हाम्रा पत्रिकाहरू रंगिने, टेलिभिजनमा बहस चल्ने त्यसपछि सेलाउने हुनुहुन्न । त्यस किसिमले गयो भने त्यो केवल देखाउन मात्र गरिएको कुरा हुन्छ । यो भ्रमणलाई नियमित रूपबाट अघि बढाउन भ्रमणबाट सहमति हुने कुरामा अघि बढ्नुका साथसाथै त्यो पेट्रोलियम चीनबाट ल्याउने, त्यससम्बन्धी सम्झौताहरू हुने, पारवहन सम्झौताहरू हुने, चीनले प्रस्तावित गरेका शान्ति र मैत्रीपूर्ण सम्झौता जुन प्रचण्ड प्रधानमन्त्री हु“दा छलफलमा आएको थियो । त्यो पछि अघि बढेको छैन ।

 तिनीहरूलाई अघि बढाउने कुरा गर्ने मौका हुन सक्छ । यसपटक केही सम्झौताहरू पनि होलान् । तर, सम्झौता भएका कुराहरू पनि कार्यान्वयन हुन सकेका छैनन् । हामी कार्यान्वयनमा धेरै कमजोर छौं । यसअघि भएका सहमति र सम्झौताहरू पनि भ्रमणको बेलामा मात्र ‘गजबको कुरा हो’ भन्ने रूपमा नअल्मलिएर नियमित रूपबाट कार्यान्वयन गर्नका लागि नेपाल चाइना फाउन्डेसन जस्ता संस्थाहरू राखियून् । थिङ्क ट्यांकका रूपमा ती संस्थाहरूले संस्थागत पूर्वाधार दुईवटै देशलाई दिन्छन् । त्यसले सम्बन्धहरू नियमित रूपबाट कुनै किसिमको औपचारिक र इभेन्टमा आधारित नगरेर नियमित रूपबाट अघि बढाउन सहयोग पुग्छ । त्यस कुरातर्फ पनि प्रधानमन्त्रीले ध्यान दिनुभयो भने राम्रो हुन्छ । 

० यसअघि भएका सहमति र सम्झौताहरू कार्यान्वयनमा नआउनुमा चा“हि केके समस्या देख्नुहुन्छ ?

– गएका ८÷१० वर्षमा धेरै किताबहरू छापिएका छन् । लेखहरू लेखिएका छन् । सुरक्षास“ग सम्बन्धित, कूटनीतिक क्षेत्रस“ग सम्बन्धित, पत्रकारितास“ग सम्बन्धित व्यक्तिहरूले धेरै कुरा लेख्नुभएको छ । तर, एउटा कुरा तपाईंले के देख्नुहुन्छ भने देशचाहि“ खस्क“दै जाने तर हाम्रा व्यक्तिहरूको आर्जनचाहि“ बढ्दै जाने । त्यसलाई हेर्दा हामीहरू व्यक्तिगत लाभमा धेरै गएका छौं भन्न सकिन्छ । 

मलाई लाभ भयो भने मैले चीन–नेपालबीचको पूर्वाधार अघि बढाउने कुनै प्रस्ताव छ भने पनि त्यसलाई म थन्क्याएर राखिदिन्छु । त्ये कुरालाई प्रधानमन्त्री ओलीले चिर्नका लागि पनि उहा“ले संस्थागत रूपबाट हामीहरूजस्तो चीनका बारेमा अध्ययन गर्ने व्यक्तिहरूको सुझाव सुन्नुपर्छ । सुधार र सुझावका लागि हामीले दिने मूल्यांकनका निचोड कार्यान्वयन गर्ने प्रविृत्तिको अभाव छ ।

त्यो अभाव चिर्न नेपाल चाइना फाउन्डेसनजस्ता संस्थाहरू लाग्नुपर्छ । दुई राष्ट्रबीच व्यक्तिगत लाभमा अहिलेसम्म सीमित भएको र कार्यान्वयनमा नआएको विषयलाई वाच डगजस्तो संस्थामार्फत सुझाव लिनुपर्छ । परस्परको सम्बन्धमा आउने केही कुराबारे विवाद आउ“दा यो फाउज्डेसनलाई काम गर्न दिइयो भने केही सहज हुन्छ । तर, त्यसमा आफ्ना मान्छे होइन, राम्रा मान्छे राख्नुपर्छ । हामीले आफ्नो सम्बन्धको अनुगमन र मूल्यांकन गर्ने र विकृति–विसंगति हटाएर काम गर्न थालियो भने राम्रो हुन्छ । 

खासमा हामी व्यक्तिगत लाभमा केन्द्रित भएकाले नै समस्या आएको होे । मैले प्रधानमन्त्रीदेखि लिएर कुनै पनि निजामती सेवाका अधिकारीहरूलाई यही भन्ने गरेको छु । अब प्रधानमन्त्री ओलीले यस्तो परम्परालाई परिवर्तन गरेर रचनात्मक र नतिजामूलक किसिमबाट नेपाल–चीन सम्बन्ध अघि बढाउन सक्नुभयो भने त्यो सबैभन्दा राम्रो हुनेछ । 

० नेपाल र चीनबीच जनस्तरमा सम्बन्ध सुमधुर पार्न भनेर खोलिएका चीन अध्ययन केन्द्रजस्ता तपाईंहरू आबद्ध थुप्रै संस्थाले भारतले लामो समय नाकाबन्दी लगाएको अवस्थामा पनि केही भूमिका देखिएनन् नि ?

–तपार्इंको प्रश्न एकदम जायज हो । चीन अध्ययन केन्द्रको महासचिवको हैसियतले पनि के भन्न चाहन्छु भने जुन बेलामा हामीले यो संस्था स्थापना गर्ने कुरा उठाएका थियौं, त्यो बेलामा हामीहरूबीचको छलफलको एउटा प्रमुख विषय के थियो भने यो संस्थालाई समारोह मनाउने संस्थाका रूपमा स्थापना गर्ने कि यसलाई एउटा अनुसन्धानमूलक संस्थाका रूपमा विकास गर्ने ?

 दुईवटै देशको समस्याहरू हेरेर सम्बन्धहरूलाई प्रवद्र्धन गर्न अघि बढ्ने भन्ने हाम्रो निचोड रहेको थियो । तपाईको टिप्पणी यस अर्थमा सही हो की यो संस्था पनि समारोहमुलक संस्था हो कि भन्ने भान पर्न सक्छ । त्यो एकदम जायज छ । चीनले जुन किसिमले काम गर्छ, त्यो तरिकामा सबैभन्दा प्रमुख इकाई भनेको वैदेशिक सम्वन्धमा अर्को देशको सरकार नै हो । 

जबसम्म सरकारले दुइवटै देशको सम्वन्धलाई रचनात्मक रुपबाट, समतामूलक रुपबाट अघि बढाउने किसिमले हेर्दैन, तबसम्म हामीजस्ता गैरसरकारी संस्थाहरूको भूमिका भनेको त उहा“हरूकै शब्दमा भन्ने हो भने ‘पेरिफेरल’ अर्थात् वरिपरि घुम्ने खालको मात्र हुन्छ । त्यसले सारपूर्ण रूपबाट सहयोग गर्न सक्दैन । म त्यो कुरा मान्छु । सारपूर्ण रूपबाट सहयोग गर्न सबैभन्दा ठूलो दायित्व भनेको सरकारकै हो । 

अहिले प्रधानमन्त्री ओलीले केही कुरा अघि बढाउन खोज्दै हुनुहुन्छ । उहा“ले जुन किसिमले अग्रसरता लिनुभाछ, म त्यसको प्रशंसा गर्छु । त्यसलाई अझ अघि बढाउनका लागि उहा“स“ग जुन किसिमको नेपाल–चीन सम्बन्धको परिकल्पना होला, त्यसमा हामीहरू पनि आबद्ध भएर काम ग¥यौं भने हामीहरूको पारस्परिक क्षमता र सामथ्र्यले एकले अर्कोलाई सहयोग पु¥याउ“छ । 

सरकारले ती कुराहरू गर्न सक्छज्, जुन हामीहरूले गर्न सक्दैनौं । हामीहरूले ती कुराहरू गर्न सक्छौं, जुन कुरामा सरकार अघि बढ्न मिल्दैन या औचित्यपूर्ण हु“दैन । तर, हामीले अहिलेसम्म यसरी सोचेका छैनौं । अहिलेसम्म हामीले राष्ट्रिय सामथ्र्यलाई बडो संकुचित राखेका छौं । 

राष्ट्रिय सामथ्र्यको उपयोग नगरीकन दुई देशको सम्बन्धलाई एकदम राम्रोस“ग प्रवद्धर्न गर्न सकि“दैन । राष्ट्रिय सामथ्र्य भनेको हाम्रा विश्वविद्यालय, अध्ययन केन्द्रहरू, सामाजिक संस्थाहरूलाई हामीले परस्परमा गा“सेर एकीकृत रूपबाट अघि बढाउनुपर्छ । चीनस“गको सम्बन्ध महŒवपूर्ण किन छ भने हामीहरूलाई औपनिवेशिक साहित्यले अझै प्रभावित पारिरहेको छ ।

 चीन पनि बेलाबखत त्यो कुराबाट सिकार हुन्छ । ब्रिटिसहरूले लेखेका औपनिवेशिक साहित्यका कुराहरू बेलाबेलामा आउ“छन् । हाम्रो मानसिकतामा जुन औपनिवेशिक प्रभाव छ , त्यसबाट हामी मुक्त हुन सकेका छैनौं । त्यो मुक्त हुनेबित्तिकै हामी सार्वभौम र स्वतन्त्र रहन्छौं । सार्वभौम र स्वतन्त्र नेपाल हुनु भनेको चीनस“ग अझ राम्रो सम्बन्ध कायम रहनु हो ।
बुधबार साप्ताहिबबाट

0 comments

Write Down Your Responses