Powered by Blogger.
उत्तरी क्षेत्रमा सहकारीले दियो महिलालाई प्रशिक्षण


पालुङ, २८ फागुन । मकवानपुरको उत्तरी क्षेत्रका विभिन्न स्थानमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी महिला अधिकार सम्बन्धमा पशिक्षण आयोजना गरिएको हो ।

कार्यक्रममा कानुन व्यवसायी महिलाहरुलाई प्रशिक्षकका रुपमा गराइएको थियो । नेपालको संविधान २०७२ तथा प्रचलित कानुनले महिलाहरुलाई दिएको हक अधिकार र विभिन्न कानुनले व्यवस्था गरेको महिला सुरक्षा विषयमा प्रशिक्षण दिएको हो । पालुङमा अधिवक्ता श्रद्धा ढुङ्गाना चौलागाँई, बज्रबाराहीमा अधिवक्ता मुना मानन्धर र चित्लाङमा अधिवक्ता शुभलक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनु भएको संस्थाले जनाएको छ ।

संस्थाका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति सहित सयौं महिलाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महिलाको वर्तमान आर्थिक, सामाजिक र साँस्कृतिक अवस्था तथा रुपान्तरणको निम्ति गर्नुपर्ने कार्य बारे पनि छलफल भएको थियो ।

२०५६ सालदेखि यस संस्थाले समग्र उत्तरी मकवानपुरका महिलाहरुको सहभागितामा पालुङ,बज्रबाराही र चित्लाङमा महिला हक अधिकार लगायत जनजीविकाका बारेमा जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको विषय अहिले परम्पराकै रुपमा विकास भएको संस्थाका अध्यक्ष बिमलकुमार ढकालले जानकारी दिए । 



0 comments

Write Down Your Responses