Powered by Blogger.
थाहामा दलित मोर्चाको सम्मेलन सम्पन्न


पालुङ, २८ फागुन । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन बिहीबार थाहा नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । 

दलित मुक्ति मोर्चा जिल्ला सदस्य अर्जुन सुनारको सभाध्यक्षतामा भएको सम्मेलनमा एनेकपा माओवादी केन्द्रीय सदस्य अन्जना विशंखेको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनबाट थाहा नगर तथा क्षेत्रिय समिति चयन गरेको छ । भेलाले जमिन दियालीको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्ष काजेन्द्र परियार, सचिव शिखा विक, सह सचिव सुरेन्द्र परियार र कोषध्यक्ष अर्जुन सुनार चयन भएका छन् । 

त्यसैगरि सदस्यहरुमा विनोद विक, रामपुकार परियार , सानु घिमिरे, कपुर सुनार , सन्दिप सुनार, राम परियार, पदलमान परियार, सुमन गोपली चयन भएका छन् । सम्मेलनमा दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालयका सदस्य जंगबहादुर विश्वकर्मा, जिल्ला सम्मेलन संयोजक रामबहादुर नेपाली, एमाओवादी थाहा नगर सचिव विनोद लामा, कोषाध्यक्ष इच्छापूर्ण कार्कीको आतिथ्यता रहेको थियो ।

यसैक्रममा बिहीबार नै सम्पन्न भेलाले अर्जुन सुनारको अध्यक्षतामा १७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा थाहा नगर कमिटि समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा पहलमान परियार, सचिवमा सन्दिप सुनार, सह सचिवमा रामप्रसाद परियार र कोषाध्यक्ष शिखा विक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुमन नेपाली, कपुर सुनार, शान्ति बिक, बिनोद बिक लगायत रहेका छन्

0 comments

Write Down Your Responses