Powered by Blogger.
सबैका आँखा रसाए मञ्जुला मिसलाई बिदा गर्दा


हेटौंडा,फाल्गुन २८गते । श्री जनप्रिय उच्च मावि हेटौंडा १९ हटिया मकवानपुरमा कार्यरत शिक्षक मन्जुला चौलागाईंको बिदाई कार्यक्रम एक समारोहकाबीच सम्पन्न भएको छ ।

मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले दोसल्ला तथा माला सहित टीका प्रदान गरि बिदाई गर्नु भएको थियो । शैक्षिक गुणस्तर वृद्धिको लागी मन्जुला चौलागाईंबाटनिर्वाह गरिएको भूमिकाको उच्च सम्मान गर्दै बिद्यालय शिक्षालाई स्तरउन्नति र समृद्ध बनाउन शिक्षक विद्यार्थीको काम कर्तव्य अधिकारको बारेमा चर्चा गर्नु भएको थियोे  ।

प्राचार्य धनिकलाल साह र सहाय प्रअ बिष्णुमान श्रेष्ठले दीर्घ सेवा पदक र सम्मान पत्रले सम्मान गर्दै बिदाई गर्नु भएको थियोे  । कार्यक्रममा शिक्षकहरु बिदुर सापकोटा, कृष्णबहादुर सापकोटा, चेतनाथ खतिवडा, लक्ष्मी थापा, नबिनराज दहाल, शोभा पाठक, पुरुषोत्तम सापकोटा,  नमराज अर्याल,  अरुण खतिवडा, लक्ष्मण खतिवडा, केपी अधिकारी, युक्तलाल बिश्वकर्मा लगायतकाले अभिनन्दन एबम बिदाई मन्तव्य व्यक्त गर्दै शिक्षक मन्जुला चौलागाईंका बारेमा चर्चा गगरेका थिए । 

चौलागाइसंग ब्यतित समयका बारेमा चर्चा गर्दै उहाँको आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।बिदाई कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए  ।बिदाईमा नृत्यद्वारा भरपुर मनोरञ्जन भएको थियो भने बिदाईको क्षणले सबैका आँखा रसाएका थिए  । कार्यक्रम सहायक प्रअ बिष्णुमान श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses