Powered by Blogger.
थाहा नगरका एमाओवादी र काँग्रेसका २ सय ५१ युवा एमालेमा प्रवेश (नामावली सहित)


पालुङ, २९ फागुन । थाहा नगर पालिकामा नेकपा(एमाले)मा प्रवेशको लहर चलेको छ ।क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रमको अवसर पारी शनिबार विभिन्न पार्टी परित्याग गरी दुई सय ५१ युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई प्रमुख अतिथि तथा एमाले उपमहासचिव घनश्याम भुषालले अबिर र मालाले स्वागत गरी सदस्यता बितरण गरे । कार्यक्रममा एमाओवादी र नेपाली काँग्रेसबाट हुलका हुल युवाहरु एमालेमा औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

शनिबार एमाले प्रवेश गर्नेमा स्थानीय सञ्चारकर्मी समेत रहेका निराजन गोपाली, रामकाजी महर्जन हुन् उनीहरु केही दिन अघि हेटौंडामा आयोजित कार्यक्रममा प्रेस चौतारीको सदस्य समेत बनेका थिए । एमालेमा प्रवेश गरेका गोपाली एमाओवादी निकट शिक्षक संघका जिल्ला सदस्य, निश्पक्ष युवा क्लवका अध्यक्ष तथा रेडियो आवाजका सञ्चालक हुन् भने  महर्जन स्थननीय शिक्षक तथा विकास खबर पत्रिकाका सम्वाददाता हुन् । यसैगरी ७३ जना युवाहरु साथै लिएर वाइसीयल मकवानपुरका जिल्ला सदस्य आशिष बल पनि एमालेमा प्रवेश गरेका छन् । उनको नेतृत्वमा एमाले प्रवेश गर्नेमा केही नेपाली काँग्रेस सम्वद्ध युवाहरु पनि छन् । 

यसैगरी स्थानीय शिक्षक तथा एमाओवादीमा आवद्ध प्रबिण बिष्ट, एमाओवादी निकट सामाजिक व्यत्तित्व तस्बिर रायमाझी, बिरेन्द्र श्रेष्ठ, शान्ति तामाङ, सुन्दर केसी, रुपचन्द्र विश्वकर्मा लगायत एमालेमा प्रवेश गरे ।यसैगरी एमाले प्रवेश गर्नेमा अरुण बोम्जन, बुद्ध मोक्तान, सुनिता मोक्तान, आइतेसिंह बोम्जन, महेश बोम्जन, सरिता दोङ, मनकान्छी दोङ, सिर्जना दोङ, मिनबहादुर पाख्रीन, मनकुमार पाख्रिन, राजकुमार पाख्रिन, बिमला बल, विष्णु मोक्तान, केशरलाल दोङ, जोगबहादुर दोङ, पञ्चबहादुर दोङ, ज्ञानबहादुर गोले, मनमाया पाख्रिन, कृष्ण मुक्तान, अष्ट दोङ, टंक दोङ, रामकृष्ण बोम्जन, रामकुमार बोम्जन, प्रेम बोम्जन, कृष्णबहादुर बोम्जन, चन्द्रबहादुर थिङ,कान्छा बल, कुमारी मोक्तान, हिरामाया मुक्तान, अक्कलबहादुर पाख्रिन, ताराबहादुर पाख्रिन , तारा दोङ, हिराकुमारी लामा, कमला बल, मिना बल, सुशिला भोम्जन, आरती बल, लालबहादुर गुरुङ, गणेश गुरुङ, शान्ति तामाङ, मोहासिंह लामा, मंगल तामाङ, सुरेश बल, वीरबहादुर मुक्तान, रन्जन बल, रामकृष्ण बल, चनद्रकुमार बल, घनश्याम बल, बाबुलाला थिङ, मानबहादुर बल, नमराज थिङ, कृष्णबहादुर थिङ लगायत रहेका छन् ।  

कार्यक्रमलाई सम्वोधन गर्दै उपमहासचिब भुषालले  देशलाई अगाडि बढाउन एमाले पार्टीले मात्र सक्ने ठोकुवा गर्दै देशलाई समृद्धि तिर लैजानको लागि सबै एक भई लाग्नु पर्ने जोड दिए । उपमहासचिव घनश्याम भुषालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ कार्यान्वयनमा एमालेको भूमिका महत्वपूर्ण हुने बताउदै ‘संविधान घोषणा ऐतिहासिक उपलब्धि, अबको लक्ष राष्ट्रिय एकता र त्यसको समृद्धि, संविधान कार्यान्वयन तथा राष्ट्रिय एकता, सुदृद्धिकरण र समृद्धि अभियान’ अन्तर्गत देशैभरि संचालन भइरहेको एमाले अगुवा कार्यकर्ता प्रशिक्षणको अवसरमा शनिबार थाहा नगरमा आयोजित समापन कार्यक्रममा यस्तो बताएका हुन् ।

भुषालले संविधान कार्यान्वयनमा आएको ३ वर्षभित्र प्रत्येक युवाहरुले रोजगारी पाउने र नपाएमा सरकारले बेरोजगार भत्ता दिनु पर्ने, गाँस, बास र कपासको अनिवार्य व्यवस्था गरेको संविधानलाई गलत तत्वहरुले आफ्ना फाइदाका लागि कार्यान्वयन हुन नदिने षड्यन्त्र गरेको बताए । 

उनले भने ‘हेर्नोस्, अब मधेसीलाई मात्र होइन, तपाई पहाडिया तथा क्षेत्री बाहुनलाई पनि हिन्दू राज्यका बारेमा भड्काएर फेरि अशान्ति फैलाउने चेष्टा गर्न सक्छन्, सबै यसमा होसियार हुनुस् ।’ २ नम्बर क्षेत्रका अध्यक्ष विदुर हुंमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा, जिल्ला कमिटी उपाध्यक्ष बद्रीप्रसाद लम्साल, क्षेत्रीय इन्चार्ज विष्णु ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, जिल्ला कमिटी सदस्यहरु भगवती पूडासैनी, इश्वरलाल रुम्बा, ठुली गोले, बुद्धरत्न मानन्धर,पञ्चमाया स्याङ्तान पूर्व जिल्ला कमिटी सदस्य ठाकुरराम खड्का, राजु नापित, घनश्याम अमात्य, प्रेस चौतारी उपत्यका अञ्चल कमिटी अध्यक्ष शन्तराम बिडारी, केन्द्रीय सञ्चार सहकारी संघका अध्यक्ष विष्णुहरि ढकाल, आदिवाशी जनजाती पत्रकार संघ फोनिजका उपाध्यक्ष कुमार नेगाी, विकास खबरका प्रकाशक सुरजकुमार भुजेल, सञ्चारकर्मी सुरेन्द्रमान प्रधान, उत्पीडित मुक्ति समाजका नारायण गजमेर, अनेरास्ववियुका जिल्ला कमिटी सदस्य अनिल लामिछाने लगायतको उपस्थिती थियो ।

थाहा नगरको जेसीज सभाहलमा भएको  विशेष कार्यक्रममा थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थयो भने क्षेत्रीय सचिव बिमलकुमार ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यस अघि एमालेले २ नम्बर निर्वाचन क्षेत्रमा तीन महिना सम्म गाउँ, नगर तथा वडाहरुमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान संचालन गरि सकेको छ  । कार्यक्रममा २ नम्मर क्षेत्रका एमाले अगुवा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

कार्यक्रमको अवसरमा कार्यकर्ताहरुले लिखित टिप्पणी दिँदै अतिथिहरुलाई पार्टीमा गुटको राजनीतिले तल्लो तहसम्म प्रतिकुल असर पु¥याएको हुँदा गुटको राजनीति अन्त्य गर्न दबाब दिएका छन् । कार्यकर्ताहरुको जिज्ञासामा प्रमुख प्रशिक्षक भुषालले गुटको राजनीति माथिल्लो तहमा अन्त्य भएपछि मात्रै तल्लो तहमा पनि अन्त्य हुने जवाफ दिए ।




0 comments

Write Down Your Responses