Powered by Blogger.
दोहो¥याएर लगत संकलनका लागि सबै क्षेत्रमा ईन्जिनियर


हेटौंडा, ३० फागुन । भूकम्प प्रभावित क्षेत्र मकवानपुरको सबै गाविस र नगरमा लगत संकलनका लागि ईन्जिनियर पुग्ने भएका छन् । 

शनिबार बाँकी १४ गाविसका लागि ५४ जना ईन्जिनियर तथा सामाजिक परिचालकलाई खटाइएको हो । यसअघि तीन चरणमा १ सय ६१ जना ईन्जिनियर भूकम्प पीडित लगत संकलनमा खटिसकेका छन् । योसँगै जिल्लामा २ सय १५ जना ईन्जिनियर तथा सामाजिक परिचालक लगत संकलनमा खटिने भएका हुन् । 

लगत संकलनमा खटिने ईन्जिनियरलाई सहयोग पु¥याउने सामाजिक परिचालकहरुका लागि दुई दिने अभिमुखिकरण तालिम पश्चात शनिबार नै विदाई गरिएको हो । तालिममा जिल्लाका पूर्वी तथा केही पश्चिमी गरी १४ गाविसका सामाजिक परिचालकको सहभागिता रहेको थियो । २१ गाविस, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा लगत संकलन कार्य भैरहेको छ । 

तालिममा जिल्ला विकास समितिका मकवानपुरका निमित्त स्थानीय विकास अधिकारी किसान न्यौपाने, तथ्यांक कार्यालय हेटौंडाका तथ्यांक अधिकृत नवराज पौडेल, प्राविधिक सहायक मोहन पुडासैनीले सहजीकरण गर्नुभएको थियो । तालिममा स्वस्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च (हर्ड) ले सहयोग पु¥याउँदै आएको छ । 

तालिम पाएका ईन्जिनियर तथा सामाजिक परिचालकले घरघरमा पुगी तथ्यांक संकलन कार्य गरीरहेका छन् ।

0 comments

Write Down Your Responses