Powered by Blogger.
जनकल्याणमा सप्ताहव्यापी खेलकुद भोलीबाट


पालुङ, १ चैत । नगरापालिकाको जनकल्याण उच्च माविमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता हुने भएको छ । जनकल्याण उच्च माविले हरेक वर्ष गर्दै आइरहेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो । 

प्रतियोगितामा भलिबल, फुटबल, हाईजम्प, लङगजम्प, दौड, घैँठो फुटाउने, १ सय मिटर  छात्रा, २ सय मिटर छात्र दौड लगायत गरि १३ भन्दा वढि प्रतियोगिता रहेको उच्च माविका शिक्षक तथा सप्ताहव्यापी खेलकुद प्रतियोगिताका संयोजक संगम कार्कीले जानकारी दिनु भयो । 

पहिलो दिन भलिवल प्रतियोगिता र चम्चा दौड प्रतियोगिता हुने कार्कीले जानकारी दिनु भयो । कक्षा ११ र १२ को विद्यार्थीहरुको सहभागिता रहने सप्ताहव्यापी प्रतियोगितामा विजेताले प्रमाण प्रत्र र मेडल प्राप्त गर्नेे छन  ।

‘वर्षेनी  एक हप्ता विशेष रुपमा खेल सप्ताह आयोजना गर्दा विद्यार्थीहरुलाई पर्व जस्तै भएकाले उनीहरुको रुचि अनुसार सप्ताह आयोजना गर्ने गरेका छौं, यसमा विद्यार्थीहरुको निकै सक्रिय सहभागिता रहने गरेको छ ।’  विद्यालयका प्राचार्य सानोभाई कार्कीले भन्नुभयो । 

0 comments

Write Down Your Responses