Powered by Blogger.
बज्रबाराहीमा डेरी सञ्चालन


बज्रबाराही, १ चैत । एडिबी संस्था बज्रबाराहीको आयोजनामा ‘कृषकको आय, दुग्धजन्य पशुपालन व्यवसाय’ भन्ने विषयमा बज्रबाराहीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । 

अन्तरक्रियमा बेरोगारहरुलाई मध्यनजर गरि ३० वर्षदेखि तरकारी व्यवसायमा लागेका कृषकहरुलाई दुग्ध पशुपालन व्यवसायमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषकहरुलाई पशुपालनमा अग्रसर गराउन साना किसान सहकारी, कृषि विकास बैक, यति डेभलपमेन्ट बैक लगायतका वित्तिय संस्था तत्पर भएका छन् । 

कार्यक्रममा व्यवसायिक रुपमा गाईभंैसी कसरी पालन गर्ने, कस्तो प्रकारको खाद्यप्रदार्थ खुवाउने, कुन जातका घाँस रोप्ने, प्राविधिकसंग कसरी परामर्श लिने र गोठ सुधार कसरी गर्ने भन्ने विषयमा थानकोटका कृषक अगुवा तथा आविष्कार डेरीका सञ्चालक रविन्द्र घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । 

बज्रबाराहीको संयुक्त वडा कार्यालयको प्राङ्ग्रणमा भएको अन्तरक्रियामा बज्रबाराहीका १ सय ५० कृषकहरुको सहभागिता रहेको थियो । त्यसैगरि सरस्वति बजारमा रहेको प्यासेफिक बचत तथा ऋण सहकारी संस्थाको भवनमा दुग्ध संकलन थालिएको संयोजक प्रमोद कृष्ण जोशीले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses