Powered by Blogger.
पुनर्निर्माण निरिक्षणको लागि टोली गाँउ गाँउमा


रुपक कालिराज,पालुङ

पालुङ, १६ चैत । प्लान नेपाल र सामुदायिक विकास केन्द्र नेपालको संयूक्त साझेदारीमा सञ्चालित भूकम्प पछि पुनर्निर्माण कार्यको निरिक्षण गरिएको छ । मकवानपुरको उत्तरी भेगका ५ वटा गाविस  तथा थाहा नगरपालिकाको केही भेगमा मंगलबार निरिक्षण कार्य भएको हो ।

दामन पालुङ, बज्रवाराही तथा गोगने र नामटार कार्य क्षेत्र रहेको गाविसहरुमा कामका लागि नगद कार्यक्रम परियोजना अन्र्तगत रहेकोे पुनर्निमार्ण कार्यक्रम सम्पन्न भएकोले सो कार्यकोे निरिक्षण गरिएको हो । विभिन्न निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुले निरिक्षण गरेको खाद्य तथा नगद संयोजक ज्ञानेन्द्र शाहले बताउनु भयो । 

भूकम्प पछि क्षती भएका संरचनाको पुनः प्रयोगको लागि विभिन्न कार्य योजना बनाई गरिहको कार्यक्रमको लागि ५ गाविसमा ३ लाख रुपिंयाको दरले रकम छुट्याएइको थियो । थाहा नगरपालिका दामन, पालुङ, बज्रवाराही, गोगने, नामटार गाविसमा कामको लागि नगद कार्यक्रम अन्तरगत ५ सय घर धुरीलाई १५ हजारको दरले ७५ लाख रकम वितरण गरिएको थियो ।  

संस्थाले भूकम्प पछि खानोपानी, सिञ्चाईको लागि कुलो, विद्यालय पूर्ननिमार्ण लगायत गरि १९ वटा विभिन्न योजनामा बजेट छुट्याई काम शुरु गरेको छ ।  यस अघि संस्थाले मकवानपुरका थाहा नगरपालिकाको दामन पालुङ, वज्रवाराहि त्यसै गरि गोगने,नाम्टार र चित्लाङ गरि ६ ठाँउका भूकम्प प्रभावितहरुलाई  विउ विजन तथा कृषि औजार समेत सहयोग गरेको थियो । सो कार्यक्रमबाट ५ सय घर धुरीका भूकम्प प्रभावितहरुले लाभान्वित भएका थिए ।

सो निरिक्षण कार्यक्रममा जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रशासकीय अधिकृत दिवाकर पौडेल, कृषिप्रसार अधिकृत काशीराज हमाल, महिला तथा बालवालिका कार्यलयका सुब्वा कविता भट्ट, सामुदायिक विकास केन्द्र नेपाल मकवानपुरका अध्यक्ष अरुण थापा, खाद्य तथा नगद संयोजक ज्ञानेन्द्र शाह, सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक सुमिरन कोइराला लगायतको सहभागिता रहेको थियो । 

सो निरिक्षणमा रहेका प्रशासन कार्यलय मकवानपुरका प्रशासकीय अधिकृत दिवाकर पौडेलले नेपाल सरकार नपुगेको ठाँउहरुमा प्लान तथा सिसिडिएन जस्ता संस्था पुगेर भूकम्प प्रभावितहरुलाई मल्हम पट्टि लगाउन सफल भइरहेको बताउदै बजेटको सहि सदुपयोग गरेको भन्दै प्रसंसा समेत गर्नु भयो । 

यसैबीच महा भूकम्पले क्षति पु¥याएको मकवानपुर गोगने गाविस वडा नम्मर २ मा रहेको कृष्ण निम्न माध्यामिक विद्यालयको निरिक्षण समेत भएको छ । प्लान र सामुदायिक विकास केन्द्र नेपालको संयूक्त आयोजनमा अस्थाई सिकाई केन्द्र स्थापना गरि हाल सोहि केन्द्रमा अध्यापन जारी छ   ।  

गत वैशाखको महा विनाशकारी भूकम्पले पठन पाठनमा समस्या गु¥याएको विद्यालयमा संस्थाले अस्थाई शिक्षण केन्द्र बनाई सुरक्षीत पठन पाठन गर्न सहजत बनाएकोमा विद्यार्थी लगायत शिक्षकको समेत मुखमा हाँसो छाएको छ । भूकम्पको डरबाट मुक्त भएको बताउदै सम्पूर्ण विद्यार्थी विद्यालयमा नियमित आउने गरेको कृष्ण निमाविका प्राध्यानाध्यापक भक्ति लामिछानेले बताउनु भयो । 

संस्थाले  दिएको ३ लाख रुपैँयाले पुनः प्रयोग गरि सञ्चालन गर्न मिल्ने भवनको मर्मत, कक्षामा आवश्यक पर्ने वबन्च बनाई सञ्चालन गरिरहेको अवस्था छ । स्थानिय स्तरबाट सञ्चालन गरिहरेको विद्यालयमा भूकम्पले क्षति पु¥याउदा ठुलो क्षति निम्त्यिाएको बताउदैे अस्थाई सिकाइ केन्द्रले ठुलो सहयोगको साथै धेरै सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल सिङ गुरुङले बताउनु भयो । 

त्यस्तै अर्का शिक्षक सानुभाई विष्ट पनि यस व्यवस्थाले आफूहरुमा खुसी छाएको बताउँछन् । उनी भन्छन, ‘सरकारले हाल सम्म पनि नीति नियम बनाउन नसकेको र पूनःनिमार्णको लागि दिने भनेको रकम नदिएकोले सरकार प्रति कुनै आस नभएकोले विद्यालय परिसर घेराबार गर्नु आवश्यक  थियो ।’ घेरावारको लागि आर्थिक सहयोग जुटाईदिनको लागि सबैमा अनुरोध समेत उनले गरे । 



0 comments

Write Down Your Responses