Powered by Blogger.
अगुवा कृषकहरुलाई लभग्रीनको आयोजनामा तालिम


बज्रबाराही, १६ चैत । लभग्रीन नेपाल बज्रबाराहीको प्राविधिक सहयोग तथा एकिकृत कृषक समूहको आयोजनामा बज्रबाराहीमा पशुहरुमा भ्याक्सिन लगाउने कार्यक्रम भईरहेको छ । 

जिल्ला पशु सेवा कार्यलय मकवानपुर सहयोगमा पशुहरुमा खोरेत विरुद्धको एस.एम.डि. भ्याक्सिन लगाइएको हो  । खोरेतबाट १४ बंगुरको मृत्यु पश्चात किसानहरु चिन्तित  भएका थिए । यो रोगको नियन्त्रण संगै किसानमा पशुपालनमा हौसला मिल्ने आशाले यस कार्यक्रमलाई अगाडि बढाईएको बताइएको छ । 

 चैत्र ९ गतेबाट सुरु भएको कार्यक्रममा अहिले सम्म ६ सय ८२ पशुहरुमा भ्याक्सिन तथा अति ग्रसित १ सय ४० पशुहरुलाई एन्टिबायोटिक लगाई सकिएको बताइन्छ । थाहा नगर पालिकाको वडा नम्मर ११ देखि १५ वडा सम्म सञ्चालन हुने उक्त कार्यक्रम चैत्र १९ गते सम्म सञ्चालन हुने भएको छ । 

यसैविच बज्रबाराहीमा नमुना अगुवा कृषकहरुलाई स्वाथ्य तथा सरसफाई तालिम दिईएको छ । लभग्रिन नेपालको आयोजनामा भएको तालिममा बज्रबाराही स्वास्थ्य चौकीका ईन्चार्ज मेघराज बलामीले सहजीकरण गर्नुभएको हो । 

तालिममा १४ जना महिला र २० जना पुरुष गरि जम्मा ३४ जनाको सहभागिता रहेको थियो । तालिममा कृषकहरुले उत्सुकताको साथ आफनो समस्या समेत व्यक्त गरेको फिल्ड कोअर्डिनेटर दिपभन्द्र बुढाले जानकारी दिनुभयो । अबका दिनमा आफैबाट सरसफाईको सुरुवात गर्ने सहभागि कृषकहरुले बताए ।

0 comments

Write Down Your Responses