Powered by Blogger.
जनकल्याणमा सप्ताहव्यापी खेलकुद सुरु


पालुङ, २ फागुन । थाहा नगरापालिकाको जनकल्याण उच्च माविमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । 

जनकल्याण उच्च माविले हरेक वर्ष गर्दै आइरहेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, हाईजम्प, लङगजम्प, दौड, घौँटो फुटाउने, १ सय मिटर छात्रा, २ सय मिटर छात्र दौड लगायत गरि १३ भन्दा वढि प्रतियोगिता रहेको उच्च माविका शिक्षक तथा सप्ताहाव्यापी खेलकुद प्रतियोगिताका संयोजक संगम कार्कीले जानकारी दिनु भयो । 

आज पहिलो दिन कक्षा ११ र कक्षा १२ गरि ४ वटा टिम बीच भलिवल प्रतियोगिता भएको छ । भलिबलमा कक्षा ११ को कमर्स र कक्षा ११ र को मानविकि बीचको खेलमा कक्षा ११ व्यवस्थापनले जित सुरु गरेको छ । त्यसैगरि कक्षा १२ को व्यवस्थापन र मानविकी बीचको खेलमा मानविकिले जीत हासिल गरेको छ ।

त्यसैगरि भोली छात्राहरुको भलिबल खेल फाईनल संगै चम्चा गच्चा, म्युजिकल चेयर र हाईजम्म हुने संयोजक कार्कीले जानकारी दिनुभयो ।  कक्षा ११ र १२ को विद्यार्थीहरुको सहभागिता रहेकोे सप्ताहव्यापी प्रतियोगितामा विजेताले प्रमाण प्रत्र र मेडल प्राप्त गर्नेे छन् । 

वर्षेनी एक हप्ता विशेष रुपमा खेल सप्ताह आयोजना गर्दा विद्यार्थीहरुलाई पर्व जस्तै भएकाले उनीहरुको रुचि अनुसार सप्ताह आयोजना गर्ने गरेका छौं, यसमा विद्यार्थीहरुको निकै सक्रिय सहभागिता रहने गरेको छ’  विद्यालयका प्राचार्य सानोभाई कार्कीले बताउनु भयो ।

0 comments

Write Down Your Responses