Powered by Blogger.
फेसबुकको सदुपयोगः आग्रा, गोगने, डाँडाखर्कवाशीले पाए एम्बुलेन्स


आग्रा (मकवानपुर), ५ चैत । मकवानपुरको दुर्गम गाबिसको रुपमा चिनिने आग्रा, गोगने, डाडाखर्क गाबिसबाट एम्बुलेन्स सेवा सञ्चालन भएको छ । 

करिब एक बर्ष अगाडि सुरु गरिएको फेसबुक अभियानबाट रकम संकलन गरी एम्बुलेन्स खरिद गरिएको हो । 
शुक्रबार एक कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बि.क.ले एम्बुलेन्सको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ  । 

आग्राको डाडाँबासमा भएको एक औपचारिक कार्यक्रममा एम्बुलेन्सको उट्घाटनका साथै एम्बुलेन्स पार्किङ हाउस उट्घाटन, स्वास्थ्य स्तम्भ अनावरण र सहयोगीहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा एम्बुलेन्स खरिद कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई मायाको चिनो, प्रशंशा पत्र तथा कदर पत्रले सम्मान गरिको थियो । 

एम्बुलेन्स खरिद अभियानका संयोजक तथा स्थानीय शिक्षक शुभराज गोलेको सभाध्यक्ष्यतामा भएको कार्यक्रममा राडो नेपाल मकवानपुर अध्यक्ष कृष्ण धिताल, जनकल्याण उच्चमाबिका प्राचार्य सानोभाई कार्की, सुन्दरी देबी माबिका प्रधानाध्यापक प्रताप सिं गोले लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

एम्बुलेन्स खरिद एउटा उदाहरणीय काम भएको स्थानिय सुजिन्द्र गोलेले बताएका छन् । एम्बुलेन्स खरिदकालागि रकम संकलन अभियानका संयोजक गोलेले बर्तमान समयमा फेसबुकको सही सदुपयोग गरि एम्बुलेन्स खरिद गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णमा आभार प्रकट गरेका छन् । 

सुरुको समयमा कसरी एम्बुलेन्स खरिद गर्ने होला भनेर चिन्तित भएकोमा सम्पूर्णको सहयोगबाट यो कार्य सफल भएको बताए । ‘पहिले बिरामी सिकिस्तै भईहालेमा बोकेर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रसम्म लैजान पर्ने समस्या सम्झदा अहिले पनि मन अशान्त हुन्छ’ संयोजक गोलेले बताउनुभयो ।

कार्यक्रममा स्थानिय कलाकार, संवाद किशोरी केन्द्र संगै कलाकारहरु रजनी थिङ, मुक्तिनाथ उप्रेती, थाहा कला केन्द्र र नवछितिज कला केन्द्रका कलाकारहरुले समेत विभिन्न किसिमका मनोरञ्जनात्मक तथा सन्देशमुलक प्रतिभाहरु प्रस्तुत गरि कार्यक्रमको शोभा बढाएका थिए ।




0 comments

Write Down Your Responses