Powered by Blogger.
सिडीओ विकले गरे भूकम्प प्रतिरोधी आवाश शिलान्यास


पालुङ, ५ चैत । बैशाख १२ र २९ गतेको बिनासकारी भूकम्पबाट क्षति भएको मकवानपुर जिल्लाको आग्रा गाबिसमा भूकम्प प्रतिरोधी स्थायी आवास निर्माण कार्यको सुरुवात भएको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बि.क.ले आग्रा गाबिस वडा नम्मर ५ की कान्छीमाया गोलेको घरको शिलान्यास गरि स्थायी आवास निर्माण कार्यको सुरुवात गरेका हुन् । 

आग्रा गाउँ विकास समितिका सचिव तथा स्थानिय विपत व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  

टियरफण्डको आर्थिक सहयोग तथा राडो नेपालको ब्यवस्थापनमा मकवानपुरको टिस्टुङ र आग्रा गाबिसमा भूकम्प पछि सरसफाई, स्वास्थ्य, खानेपानी लगायत पुनर्निर्माणको क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

0 comments

Write Down Your Responses