Powered by Blogger.
थाहा १२ नम्मर वडामा काँग्रेसको वडा कमिटी र किसान संघ गठन

बज्रबाराही, ५ चैत । नेपाली काँग्रेस थाहा नगरपालिका वडा नम्मर १२ मा वडा कमिटी र किसान संघ गठन भएको छ । शुक्रबार भएको भेलाद्धारा वडा कमिटि र किसान संघ गठन गरिएको हो । भेलाले ढुङ्गेलाल गोपालीको सभापतित्वमा २५ सदस्यीय  वडा कमिटि गठन गरेको छ । 

उक्त कमिटिमा उपसभापतीमा इश्वर गोपाली र भट्ट बलामी सचिवमा रुपचन्द्र गोपाली र प्रकाश गोपाली उप सचिवमा बासुदेव गोपाली, कोषाध्यक्षमा सकुन्तला गोपाली चयन हुनुभएको छ । 

त्यसै गरि सदस्यहरुमा सदस्य श्यामकान्छा गोपाली, विष्णुबहादुर गोपाली, मच्छिन्द्र गोपाली, कृष्णबहादुर गोपाली, धर्मदेव बलामी, पुन्दरी गोपाली, सरस्वती बलामी, पुष्पन बलामी, पम्फा गोपाली, राम बहादुर गोपाली, फुनमाया गोपाली, जमुना गोपाली, विजयलक्ष्मी गोपाली, अक्कल बहादुर गोपाली, सिताराम गोपाली, हरेराम गोपाली, इश्वर गोपाली चयन हुनुभएको हो ।

थाहा नगर कमिटि सभापति योगेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुक्रबार नै नेपाल किसान संघको पनि १२ नम्मर वडा कमिटी गठन गरिएको छ । 

विष्णु बहादुर गोपालीको अध्यक्षतामा १७ सदस्यीय किसान संघको गठन भएको हो । किसान संघको उपाध्यक्षमा मदन गोपाली, सचिवमा रामशरण गोपाली, कोषाध्यक्षमा धौ नानी गोपाली, सह सचिवमा भट्ट बलामी चयन हुनुभएको हो ।

सदस्यहरुमा बसन्त गोपाली, छलिमाया बलामी, कृष्ण बलामी, कान्छा गोपाली, प्रेमलाल गोपाली, देवराज गोपाली, जमुना गोपाली, विजयलक्ष्मी गोपाली, मनकुमारी गोपाली, खुबकुमारी गोपाली, कमला गोपाली र सुन्तली गोपाली चयन हुनुभएको हो । 

कार्यक्रममा नेपाली काँग्रेसलाई थाहा नगरमा प्रभावशाली र जनताको पार्टी बनाउनको लागि सँधै लागिपर्नको लागि प्रमुख अतिथि श्रेष्ठले नव निर्वाचित सबैमा शुभकामना संगै आग्रह गर्नुभयो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, क्षेत्रीय प्रतिनिधिहरु राजभाइ गोपाली, नरहरी गोपाली, भवानी प्रधान, सिताराम गोपाली लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses