Powered by Blogger.
मुक्ति समाज मकवानपुरको बैठक सम्पन्न



हेटौंडा, ६ चैत ।  नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको बैठक अध्यक्ष रत्नलाल बिश्वकर्माको अध्यक्षतामा नेकपा एमाले मकवानपुरको सभाहलमा सम्पन्न भएको छ ।
बैठकले केन्द्रीय सर्कुलर ,१ महिने संगठन सुदृढीकरण अभियानको समिक्षा, कार्यबिभाजन ,अञ्चल स्तरीय भेला लगायतका बिषयबस्तुमा गम्भीर छलफल सहित निर्णय गरेको छ । 
मुक्ति समाजको आसन्न बैशाख २४ २५ र २६ गते काठमाडौमा सम्पन्न हुनगईरहेको छैठौं राष्ट्रिय सम्मेलनलाई  सफल पार्न जिल्लाले निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा पनि छलफल भएको थियोे  ।
यही चैत्र १३ गते बाराको पथलैयामा सम्पन्न हुने नारायणी अञ्चल स्तरीय भेलामा सम्पुर्ण जिल्ला कमिटिका सदस्यहरु सहभागी हुने निर्णय पनि गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइली, केन्द्रीय सदस्य एबम मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा, अञ्चल सचिव केशव रसाइली, मुक्ति समाजका पूर्ब सचिब कमलकुमार बिश्वकर्माले बैठकलाई समसामयिक राजनैतिक अवस्था ,संविधानमा उल्लेखित दलित अधिकार कार्यान्वयनको सबाल लगायत बिषयबस्तुमा आधारित भई  सम्बोधन गर्नुभएको थियो । बैठकको संचालन जिल्ला सचिव कल्पना बिश्वकर्माले  गर्नुभएको थियो । बैठकमा सम्पुर्ण जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो  ।

0 comments

Write Down Your Responses