मकवानपुरमा झुण्डीएर आत्महत्या गर्ने बढे

रुपक कालिराज
हेटौंडा, १० बैशाख । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७२–७३ मा ७५ जनाले आत्महत्या गरेका गरेका छन् ।
७५ जना मध्ये ५० जनाले झुण्डीएर आत्महत्य गरेका छन् । झुण्डीएर आत्महत्या गर्ने मध्येमा २३ जना पुरुष र २७ जना महिला रहेका छन् ।
यसैगरी बिष सेवन गरेर आत्महत्या गर्नेको संख्या पनि मकवानपुरमा बढी रहेको देखिएको छ । मकवानपुरमा १८ महिला र ७ पुरुषले गरी २५ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७१–७२ मा झुण्डिएर ८१ जनाले आत्महत्या गरेका थिए भने विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या ३५ पुगेको थियो ।
झुण्डिएर आत्महत्या गर्ने मध्येमा २१ जना पुरुष, १८ जना महिला, २ जना बालक र ५ जना बालिका रहेका थिए । विष सेवन गरि आत्महत्या गर्ने मध्ये १८ जना पुरुष, १६ जना महिला र १ जना बालिका रहेकी थिइन् । केहि वर्ष यता आत्महत्या गर्नेहरुमा बालवालिकाहरु भने न्यून रहेको तथ्याङकले देखाएको छ ।
गत वैशाखको महाभूकम्पले शिथिल बनाएको मकवानपुर जिल्लामा आत्महत्या गर्ने सङख्या गत वर्षहरुको भन्दा न्यून देखिए पनि आत्महत्याको सङख्या कमी भएको भने होइन । महाभूकम्प पिडित तथा घरायसी समस्या तथा माया प्रेमका समस्याले गर्दा धेरै यस्ता घट्ना हुने गरेका मकवानपुरका प्रहरी नायव उपरिक्षक वामदेब गौतमले जानकारी दिनु भयो ।
0 comments
Write Down Your Responses