Powered by Blogger.
लागू औषधविरुद्ध मकवानपुर प्रहरीको सक्रियता बढ्दो


हेटौंडा । मकवानपुर जिल्लामा लागुऔषध दुव्र्यसनमा लाग्ने मानिसको सङ्ख्या गत वर्ष भन्दा बृद्धि हुदै गइरहेकोे छ  । 

आर्थिक वर्ष २०७२–७३ मा बढेर १ सय ४२ पुगेको छ  । जिल्ला प्रहरी कार्यलयको सर्वेक्षणको प्रतिवेदन अनुसार यो सङ्ख्यामा वृद्धि हुदै गइरहेको हो । आर्थिक वर्ष २०७१–७२मा लागुऔषध दुव्र्यसनमा लाग्ने मानिसहरुको सङ्ख्या १ सय ९ जना रहेको थियो भने २०७२–७३ मा बढेर १ सय ४२ पुगेको छ ।

आर्थिक वर्ष २०७१–७२ मा १ सय ८ जना पुरुष  दुव्र्यसनी रहेकोमा आर्थिक वर्ष २०७२–७३ मा १ सय ३४ पुगेको छ । यस मुद्दामा आर्थिक वर्ष २०७१–७२ मा १ जना महिला सामेल रहेका थिए भने आर्थिक २०७२–७३ मा महिलाको संङख्या वृद्धि भएर ८ जना पुगेको तथ्याङकमा उल्लेख गरिएको छ । 

साथीभाईको लहैलहैमा लागेर, कमजोर इच्छा शक्ति, पारिवारिक वातावरण लगायतका कारणले मानिसहरु लागु औषध दुव्र्यसनमा फस्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक वामदेव गौतमले जानकारी दिनु भयो ।  

जिल्ला प्रहरी कार्यलयले विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गरे पनि लागू औषधका दुव्र्यसनीमा भने कमी नआएको बताइन्छ ।  गत वर्ष लागुऔषध मुद्दामा सबै भन्दा बढि १ हजार ८५ केजी गाँजा  बरामद गरेको थियो भने सबै भन्दा कम स्पास्मोप्रोक्सिभन बरामद भएको थियो ।

यस वर्ष पनि गाँजा सबै भन्दा बढि बरामद गरेको गरेका छ  । जिल्ला प्रहरी कार्यलय मकवानपुरको तथ्याङक अनुसार २ हजार ६ सय  ५५ केजि गाँजा र सबै भन्दा कम प्रोक्सिन १० ट्याब्लेट बरामद गरेको छ ।  

0 comments

Write Down Your Responses