Powered by Blogger.
मनहरीमा कलाकारहरु जम्दै


मकवानपुर । मकवानपुरको मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाबृद्घि गर्न आवश्यक आर्थिक सङ्कन गर्ने उद्घेश्यले भोली गर्न लागिएको बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । 

सांस्कृति कार्यक्रमका लागि टिकट विक्री, व्यवस्थापन, प्रचार प्रसार लगायतका सम्पूर्ण तयारी पूरा भएको आयोजक मनहरी युथ भिजनका महासचिव नवीन सुवेदीले जानकारी दिनुभयो । पश्चिम मकवानपुरको व्यापारिक केन्द्र मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको लागि आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम मनहरीस्थित राष्ट्रिय रोटरी उच्च माविको मैदानमा हुँदैछ । 

सांस्कृतिक कार्यक्रमबाट करिब दश लाख नगद तथा अन्य जिन्सी सामग्री सङ्कलन गरिने आयोजकको भनाई छ । स्वास्थ्य सेवा विस्तार गर्ने उद्घेश्यले सञ्चालन गर्न लागिएको कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनुका साथ सामाजिक काममा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ । 

कार्यक्रमका लागि लोकप्रिय गायिका कुन्ति मोक्तान र सुगम पोखरेल आजै मनहरी आइसक्नुभएको भिजनका महासचिव सुवेदीले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रममा मुक्ति एण्ड रिभाइवल ब्याण्ड, रमेशराज भट्टराई, अनिता चलाउने, हाँस्य कलाकार देवीराम पराजुली (भोक लाग्यो), शिवहरी नेपाल (बैरागी) लगायतको विशेष मनोरञ्जनात्मक प्रस्तुती हुने आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses