Powered by Blogger.
आग्रामा भोली गृहमन्त्री पुग्दै, फाईनलमा कुण्डल देवि र शशक्त भिड्ने


आग्रा । मकवानपुर जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाईनल भोली हुने भएको छ । प्रतियोगिता कालीदेवि यूवा समूहको आयोजना तथा कालीदेवि बहुउद्देशिय सहकारी संस्थाको समन्वयमा मंगलबारबाट मकवानपुरको आग्रामा सुरु भएको हो । 

आज भएको खेलबाट बज्रबाराहीलाई पराजित गर्दै बगेश्वरी युवा क्लब तितृय हुन सफल भएको छ । दुबै टिम २÷२ सेट जितिरे अगाडी बढ्दै गर्दा अन्तिम १ सेट बागेश्वरी युवा क्लबले जितेको हो ।   त्यसैगरि फाईनल तथा प्रथमको लागि कुण्डल देवि सहकारी संस्था र शशक्त निलो आग्रा युवा क्लबबीच भोली प्रतिस्पधा हुने भएको छ ।

खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाडाबाँस आन्तरिक पर्यटन विकासको अभ्यास भन्ने नाराको साथ आयोजना गरेको प्रतियोगितामा  मकवानपुर जिल्ला भरीका ७ वटा टिमबीच प्रतिस्पर्धा भएको हो । 

प्रतियोगितामा प्रथम हुनेले ५० हजार ५ सय दितृय हुनेले ३० हजार ३ सय र तितृय हुनेले २० हजार २ सय नगद सहित प्रमाण पत्र मेडल र शिल्ड प्राप्त गर्ने छन् । साथै विभिन्न ४ विधाका ४ उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

भोलीे पुरस्कार तथा विविध साँस्कृतिक कार्यक्रमको बीचमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रतियोगिताको समापन गर्नुहुने भएको छ । भोलीको फाईनल ११ बजेबाट सुरु हुने भएकोले कालीदेवि बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष तथा खेल संयोजक नेमराज थिङले उपस्थितिको लागि सम्पूर्णलाई आह्वान समेत गर्नुभएको छ ।

0 comments

Write Down Your Responses