Powered by Blogger.
पालुङकै दिपराज बने मकवानपुर आईडल


पालुङ, १ वैशाख । थाहा कला केन्द्रको आयोजनामा सञ्चालित मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडलको उपाधि पालुङकै दिपराज केसीले जितेका छन् । 

उपाधिसंगै उनले नगद ६० हजार रुपैंया, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । बुधबार थाहा नगरपालिकाको जेसीज सभा हलमा सम्पन्न फाईनल प्रतिश्पर्धामा दिपक कालीराज  दोस्रो भएका छन् । दोस्रो भए संगै उनले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन्  । 

त्यस्तै सरोज प्रधान तृतीय भएका छन् । उनले नगद २० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन भने बिनिशा घिमिरे सान्त्वना भएका  भएकी छिन् । उनले नगद ५ हजार र शिल्ड र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
वरिष्ठ जनगायक तथा सांसद जे.बी. टुहुरेको प्रमुख आतिथ्यतामा सम्पन्न फाईनल प्रतियोगितामा बिभिन्न चरणबाट छानिएर उत्कृष्ठ दशमा पर्न सफल प्रतियोगिहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको मुख्य निर्णायक गायक तथा संगीतकार ईश्वर खड्का  रहनु भएको थियो । थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको अध्यक्षतामा भएको प्रतियोगिताको फाईनलमा सृजना कपाली लेडि अफ द भ्वाईस भएकी छन् ।

0 comments

Write Down Your Responses