Powered by Blogger.
यस्ता छन् मकवानपुर आईडलका उदयमान प्रतिभाहरु

पालुङ, ३० चैत । थाहा कला केन्द्रले मकवानपुर जिल्लालाई कला क्षेत्रको माध्यमले चिनाउने उद्देश्यका साथ मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता आयोजना गरेको छ ।

सो प्रतियोगिताको फाइनल चरण नयाँ वर्ष २०७३ को आगमनसंगै भोली हुनेछ । पालुङ स्थित जेसिज भवनमा भव्य समारोहबीच हुने फाइनल राउण्डको सम्पूर्ण तयारी पुरा भएको कला केन्द्रले जनाएको छ । ‘कला र संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै २०७२ भदौ ३ गते मकवानपुर जिल्लाको विकट मानिएको आग्रा, गोगने हँुदै थाहा  नगरपालिका, हेटौडा उपमहानगरपालिका गरि जिल्ला भरिका ३ सय ४७ जनाबाट छनोट गरी फाइनल चरणमा १० जना पुगेका छन् ।  फाइनलमा  पुग्न सफल अनुहार कस्ता छन् त ?

दिपराज केसी,थाहा–७, डाँडागाउ
सामान्य परिवारमा र्हुिर्कएका, लगनशिल र गायनमा अतन्तै रुचि राख्ने दिपराज जनकल्याण उच्च माविमा कक्षा १० मा अध्ययन गर्दै छन् ।  मकवानपुर आईडलको टप टेनमा पर्न सफल उनी थाहा नगरको गोपाली गाँउमा भएको अडिसनबाट छनोट भएका हुन््  । 

केसी हाल गायनलाई प्राथामितामा राखेर अगाडि बढिरहेका छन । विभिन्न ठाँउमा भएको गायन प्रतियोगितामा उनलाई  कहिले छुटाइँदैन ।  उनी थाहा आइडलमा द्धितिय स्थान हासिल गर्न सफल थिए । साथीभाई र घरपरिवारको हौसलाले गर्दा गायनमा उत्साह जागेको उनी बताउँछन् ।

यहि उत्साहले केसीले पालुङमा भएको थाहा आइडलमा द्धितिय स्थान हाँसिल गरे भने  हेटौँडामा भएको हेटाँैडा आईडलमा प्रथम स्थान हाँसिल गर्न सफल भए  । एक साधारण परिवारमा हुर्किएका केसी मकवानपुर आईडल बन्नेमा विश्वस्त छन् र त्यसैका लागि आफूले रात दिन नभनेर मिहेनत गरिरहेको बताउउँछन् । 

दिपक कालिराज, गोगने –१, एकान्तवस्ती
थाहा नगरपालिकाबाट १७ किलो मिटरको दुरीमा रहेको गोगने गाविसको वडा नम्मर १ एकान्तवस्तीमा जन्मिएका कालिराजले पढाईको शुरुवात कृष्ण निमावि गोगनेबाट गरे ।  त्यस पछि आग्रा गाविसमा रहेको सुन्दरी देवि माविबाट प्रावि, निमावि हुदै जनकल्याण उच्च माविबाट एसएलसी परिक्षा यसै वर्ष दिए ।

कृष्ण कालिराज र देवकी कालिराजको कान्छो छोरा उनी मकवानपुरका विभिन्न ठाँउहरुमा गायन प्रतियोगितामा कहिल्यै नछुटाउने र गायनमा अति नै रुचि भएका व्यत्ति हुन् । पालुङ जेसिसले अयोजना गरेको धर्मलाल एकल गायन प्रतियोगितामा सान्त्वन्न स्थान हाँसिल गर्न सफल कालिराज प्रतियोगितामा ‘राम्रो भन्दा नि हाम्रो’ लाई च्याप्ने प्रवृति बढेकोमा भने गुनासो गर्छन् । 

गोगने ९ पकनेको व्यास माविमा भएको अडिसनबाट छनोट भएका उनी हाल मकवानपुर आईडलको टप टेनमा पर्न सफल भएका छन् । उनले प्रथम स्थान हाँसिल गर्ने विश्वास लिएको बताउदैँ संगीत सिकिरहेको बताए । परिवार,आफन्त साथीभाई सम्पूर्णबाट उत्साहा तथा हौसला मिलेको भन्दै कडा मिहेनत गर्दै अगाडि बढिरहेको उनी बताउँछन् ।

विनिसा घिमिरे, थाहा–५ फेदिगाँउ
थाहा नगरपालिका–५ फेदीगाँउकी विनिसा पालुङ दिप ज्योति स्कुलको कक्षा ५ मा पढ्दै छिन्  । मकवानपुर आईडल प्रतियोगितामा भाग लिई टप टेनमा पर्न सफल भएका मध्ये  उमेरमा सबै भन्दा कान्छी  उनी नै हुन् ।

पढाईमा तेजिलो र परिवार देखि लिएर छरछिमेकमा समेत राम्रो स्वाभाव भएकी उनी मकवानपुर आईडलमा निकै नै राम्रो प्रस्तुती दिई रहेकी छिन्  । परिवारको र विद्यालयको पनि निकै साथ सहयोग पाइरहेकाले  आफु फाईनल राण्उडबाट विजेता बन्ने उनको आशा छ ।

सरोज प्रधान, थाहा–१, ओखर वजार
थाहा नगरपालिका –१ को ओखरबजारका सरोज प्रधान राजेन्द्र प्रधान र सावित्रि प्रधानको एक्लो छोरो हुन् । उनी गायनको क्षेत्रमा सक्रिय भएर लागि रहेका छन् । सानै देखि माइक जस्तो हातमा लठ्ठी राखेर गाउँदै हिड्ने प्रधान विभिन्न आईडलमा भाग लिन छुटाउँदैन् । 

जनकल्याण उच्च माविमा कक्षा १२ मा अध्ययन गर्दै गरेका प्रधानले पालुङमा भएको थाहा आईडलमा सान्त्वना स्थान हाँसिल गरेका थिए । मकवानपुर आईडलको गोपाली गाँउमा भएको अडिसनबाट छनोट भएका प्रधान आईडल बनेर सबैमा प्रतिभा देखाउने सोचका साथ अभ्यास गरिरहेको बताउँछन् । 

देवन्त गोपाली, वज्रवाराही
देवन्त गोपाली बज्रबाराही उच्च माविबाट एसएलसी परिक्षा दिएर परिक्षाको नतिजा कुरिरहेका छन् ।  गोपाली अहिले मकवानपुर आईडलको नतिजा पनि आफ्नो हात पर्नेमा आशावादी छन् । 

थाहा –१२ कुञ्छालमा रविन्द्र गोपाली र तारा देवि गोपालीको कोखबाट २०५५ सालमा देवन्त गोपालीको जन्म भएको हो । आफूलाई संगितिक क्षेत्रमा चिनाउने लक्ष्य राखेका गोपालीले सुरसाला आईडलमा पनि भाग लिएर आफ्नो प्रतिभालाई देखाइरहेका छन् । 

घर परिवारबाट साथ सहयोग तथा हौसल्ला पाएकाले आफू अगाडि बढ्दै आएको देवन्त बताउछँन् । १७ वर्षिय उनी आफू मकवानपुर आईडल बनी नाम चम्काउने भनेर संगितमा तल्लिन भएका छन्  ।

सागर तिमल्सेना, हेटौडा
सागर तिमल्सेना एक मेहनती यूवा हुन् । सानै देखि गीत संगीतमा रम्ने र विभिन्न प्रतियोगितामा भाग लिन्थे उनी । तिमल्सेना हेटौडामा भएको अडिसनबाट छानिएका थिए । मकवानपुर आईडलको फाईनलमा पुग्न सफल भएको तिमल्सेना आईडलको लागि कडा मेहनत गरिरहेको र भित्रै मन देखि आईडल बन्ने विश्वास रहेको बताउँछन् । 

तिमल्सेना गौरी शंकर उच्च माविमा अध्यापन समेत गर्दछन । घरपरिवारले समेत गीत संगीतलाई मन पराउने भएकोले सानै देखि गायनमा शौख रहेको बताउदै साथी भाई सबैको साथ सहयोग पाइरहेको उनको भनाई छ । 

सर्मिला स्याङतान, टिस्टुङ
सर्मिला मकवानपुरको उत्तरी भेगको टिस्टुङ गाविसमा जन्मेर हाल बज्रवाराही उच्च मावि कक्षा १० मा अध्ययन गर्दैछिन  । 

विभिन्न रेडियोहरु सुन्ने र गायकको झैँ गाउनको लागि तयार हुने स्याङतान हाल मकवानपुर जिल्ला स्तरिय एकल गायन प्रतियोगिताको फाईनल राउण्डमा प्ुग्न सफल भएका छिन्  । उनी भन्छिन, ‘आइडल बन्न त्यति सजिले त छैन धेरै मिहेनत गर्नु पर्छ, सो अनुरुप कडा मिहिनेत गरिरहेको र आइडल बन्ने ठुलो आशा छ ’ । उनी आमा बाबुको साथ पाइरहेको र टिस्टुङवासीको माया पाइरहेकोले आईडल बन्नेमा आशावादी छिन् । 

सिर्जना कपाली, चित्लाङ
विद्यालयको कार्यक्रम कहिल्यै नछुटाउने कपाली चित्लाङका रामकृष्ण कपाली र मैयाँ कपालीको छोरी सिर्जना कपाली हुन् । 

उनले उमंग एल्वममा तिम्रो जिन्दगी आउँ लाग्यो भन्ने गीतमा आफ्नो स्वर भरिसकेकी छिन्  । मार्खुको नाटेश्वरी माविमा कक्षा १० मा पढ्दै गरेकी कपाली भन्छिन् ‘भोटले गर्दा केहि फरक परेता पनि आफ्नो प्रस्तुती देखाएर सबैको मन जित्न सफल हुने र आईडल बन्नेमा आशावादी छु । ’

विनिता गोपाली, गोपाली गाँउ
संगितिक क्षेत्रमा सानै देखि बाबाबाट प्रेरणा पाएर अगाडि बढ्दै आएकी विनिता गोपाली हाल मकववानपुरको थाहा नगरपालिका ७ गोपाली गाउँमा बसोबास गर्छिन । विभिन्न कार्यक्रमहरुमा सहभागि हुने तथा कार्यक्रमहरुको आयोजना गर्दै हिड्ने बाबा जयराम गोपालीले आफुलाई मकवानपुर आईडलको लागि उत्साह र थप प्रेरणा दिदै आईरहेको विनिता बताउँछिन् ।

जनकल्याण उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दै आईरहेकी विनिता यतिखेर मकवानपुर आईडल बन्छु भनेर भरपूर तयारि गर्दै छिन् । १४ वर्ष भएकी विनिता धर्म लाल एकल गायनमा तृतिय स्थान र  विद्यालयहरुमा पुरस्कार पाइरहने विद्यार्थीमा पर्छिन् । 

सुरज कार्की, थाहा ६ घर्तिखोला
थाहा नगर पालिका वडा नम्मर ६ घर्तिखोलामा सामान्य परिवारमा हुर्केका सुरज कार्की गायनमा औधि रुचि राख्ने व्यक्ति हुन् । साथीभाईलाई गीतबाट रमाइलो गराउर्दै हिड्ने उनी एक्लै बस्दा गीत गुन्गुनाइरहनछन् । 

इन्द्रध्वज कार्की र सानुमैयाँ कार्कीका छोरा सुरज कार्की रोजगारीको शिसशिलमा कतार समेत गएका थिए । भविष्यमा गायक बन्ने लक्ष्य सहित मिहेनतको साथ तयारी गरिरहेको र मेहनतको फल मिठो हुने बताउदै आईडलको लागि भव्य तयारीमा लागिरहेको सुरज बताउँछन । 

प्रस्तुतिः रुपक कालिराज

0 comments

Write Down Your Responses