Powered by Blogger.
चौतारीको झण्डा सगरमाथामा फहराउने


काठमाडौँ, २ बैशाख । प्रेस चौतारी नेपालको झण्डा अव सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ । सगरमाथा आरोही लाक्पागेलू शेर्पाले प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा लैजान लागेका हुन् । 

विहिवार काठमाडौंमा प्रेस चौतारी नेपालको झण्डा आरोही शेर्पालाई हस्तान्तरण गरियो । चौतारीका कार्यालयमा एक कार्यक्रम बीच चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र महासचिव माधव नेपालले झण्डा शेर्पालाई प्रदान गरेका थिए ।

श्रमजीवी पत्रकारहरुको अगुवा संगठनको झण्डा सगरमाथामा लगेपछि यसको मान अझै बढ्ने बिश्वास लिईएको छ । ११ पटक सगरमाथाको आरोहण गरिसकेका ३८ बर्षीय शेर्पा सोलुखुम्वू जिल्लाको दूधकुण्ड नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी शुक्रवार सर्वोच्च शिखरको आधारशिविर तर्फ जाँदैछन् ।

नेकपा(एमाले) सोलूखुम्वुका सदस्य रहेका शेर्पाले चौतारीको झण्डा सगरमाथामा लैजान पाउनु गौरवको बिषय रहेको बताए । प्रेस चौतारी सोलुखुम्वूको समन्वयमा भएको यो कामले आफूलाई अझै परिपक्व वनाउने शेर्पाको भनाई छ ।

प्रेस चौतारी नेपालका पाँचहजार बढी सदस्य नै सगरमाथाको चुचुरोमा पुगेको अनुभूति हुने गरी सर्वोच्च शिखरमा यो झण्डा फहराउने शेर्पाको बचनबद्धता रहेको छ ।

प्रेस चौतारी नेपालले आठौं राष्ट्रिय अधिबेशनको प्रचारप्रसारको तयारी संगै यो काम गरेको महासचिव माधव नेपालको भनाई छ । चौतारीको आगामी जेठ ६,७ र ८ गते राष्ट्रिय अधिबेशन काठमाडौंमा हुदैछ । 



0 comments

Write Down Your Responses