Powered by Blogger.
तामाङ डाजाङको कथा लेखन गोष्ठी सम्पन्न


काठमाडौँ, २ बैशाख । तामाङ भाषा र साहित्य साझा र प्राज्ञिक मञ्च तामाङ डाजाङद्वारा आयोजित एक दिने तामाङ कथा लेखन सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठी तामाङ डाजाङको सल्लाहकार एवं काठमाडौं महानगर पालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तामाङ डाजाङका सम्पादक इन्द्र तामाङले कार्यक्रमको उद्देश्य सहित प्रकाश पार्दै स्वागत मन्तव्यपछि कार्यक्रम सुरु भएको थियो भने  कार्यक्रममा कामनपाका सामाजिक विकास बिभाग उपनिर्देशक यज्ञप्रसाद बडाल लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए ।

गोष्ठीमा कथा के हो ?  कसरी लेख्ने भन्ने लगायतका सैद्धान्तिक विषयमा उपन्यासकार युग पाठक र कथामा पात्र चयन र चरित्र निर्माण सम्बन्धी लेखक दिल पौडेलले प्रशिक्षण गरेका थिए । कार्यक्रममा डाजाङका अध्यक्ष बुद्ध योन्जन, मुक्तान थेबा, सिर्जना गोले, सजना गोले, प्रेमलाल दोङ, कविराज काल्तान, अनिषा थिङ, सिर्जना पाख्रिन, लक्ष्मी रुम्बा, बुद्धराम थिङ, हिरामाया घिसिङ, चन्द्रमान बज्यु, सुजन गोले लगायत सहभागी मध्ये चार जना स्रष्टाले तामाङ भाषामा कथा वाचन गरेका थिए । त्यस माथि उपस्थित सबै जनाले आ–आफ्नो तर्फबाट सुझाब दिए ।

कार्यक्रम तामाङ डाजाङका सल्लाहकार एवं भाषाशास्त्री अमृत योन्जन तामाङको सभाध्यक्षमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रम तामाङ डाजाङका पूर्व अध्यक्ष अर्जुनबहादुर तामाङले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम भने बाल कथाकार नेत्र तामाङले सञ्चालन गरेका थिए ।




0 comments

Write Down Your Responses